चेल्सी को सहज जित

ईंग्लिश प्रिमियर लिग मा चेल्सी ले सहज जित हात पारेको छ । गएराती सम्पन्न खेलमा उसले एभर्टन लाई २-० ले पराजित गर्यो । चेल्सी लाई जिताउन जर्गिन्हो ले एक गोल गरे भने अर्को गोल चेल्सी ले उपहार स्वरुप पायो । मार्कोस अलोन्सो ले दिएको पास मा काइ हाभर्टज ले हानेको प्रहार एभर्टन का खेलाडी संग ठोक्किएर गोल मा परिणत भएपछि चेल्सी ले खेलको ३१ औं मिनेटमा अग्रता बनाएको थियो । त्यसपछि दोश्रो हाफ मा काइ हाभर्ट्ज लाई नै डि एरिया मा लडाएपछी चेल्सी ले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टी लाई जर्गिन्हो ले सदुपयोग गर्दै चेल्सी को जित सुनिस्चित गरे । यो जित संगै चेल्सी २८ खेल बाट ५० पोइन्ट बनाउदै लिग तालिका को चौथो स्थान मा रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments