अनिल गुरुङको आक्रोश:”भिडियो छायाँकनको लागि रंगशाला खुलाउनु लज्जाजनक”

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड-१९ ले सबै क्षेत्र ठप्प बनाएको छ। अन्य क्षेत्रहरुले सामान्य स्थितिमा फर्किने प्रयास गरिराख्दा खेलकुद क्षेत्र भने अझैपनी ठप्प छ।
खेलकुदको एक पाटो फूटबल अहिले न्यून अवस्थामा पुगेको छ।

अखिल नेपाल फूटबल संघ(एन्फा) ले प्रशिक्षण र खेल खेलाउन माग गर्दै राष्ट्रिय खेलकुद परिषद्(राखेप) मा निवेदन दिएको थियो तर कुनै जवाफ आएन। खेलाडी समर्थकहरुले सरकार र राष्ट्रिय खेलकुद परिषद(राखेपा) प्रती चौतर्फी आक्रोश पोख्न थालेका छन्।

देशको एकमात्र अन्तर्राष्ट्रिय रंगशाला फिल्म, म्युजिक भिडियोको सुटिङको लागि भाडामा दिने सरकार खेल, प्रशिक्षण सुचारु गर्न भने आनाकानी गरिराखेको छ। यस विषयमा अहिले खेलाडी हरुले आक्रोश पोखिरहेका छन।

केही दिन अगाडि किरण चेम्जोङ र सबित्रा भण्डारीले यस विषयमा सामाजिक सन्जाल फेसबूक मार्फत आक्रोश पोखेका थिए। त्यस्तै नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङले फेसबुकमा सरकार र राष्ट्रिय खेलकुद परिषद(राखेप) माथि दुखेसो पोखेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै खेल स्थललाई सुटिङ स्थल बनाउन सक्दा खेलकुद क्षेत्र सुचारु गर्न नसकेको भन्दै राखेपको कार्यशैलीलाई देखेर निराशा व्यक्त गरेका छन् ।

अनिल गुरुङ लेख्छन : “दुइ–तीन साताअघिको घटना होला यो । मैले सामाजिक सञ्जालमा देशको खेलकुदको घर, अझ मजस्तो फुटबल खेलाडीको कर्मथलो दशरथ रंगशालाको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको देखेँ । रंगशालामा मान्छेहरुको जमघट थयो । रंगशालामा मानिसहरूको भीड देख्दा मजस्ता धेरै नेपाली फूटबलप्रेमीको मन खुशीले दङ्ग परेको थियो । अब रंगशालामा खेलकुद सुरु हुन्छ अनि खेलेर जिविकोपार्जन गर्न पाइन्छ भनेर मनमा आशा पलाएको थियो । तर, त्यो तस्वीर राम्ररी नियाल्दा थाहा भो त्यहाँ कुनै खेलको तयारी होइन, कुनै सांगीतिक कार्यक्रम वा फिल्मको सुटिङ भइरहेको रहेछ । यो थाहा पाउँदा कोरोनाले थलिएको हामी फूटबल खेलाडिको मन नमज्जाले बजारिन पुग्यो । खेलाडी घरमा, मैदानमा कलाकारकस्तो लापरवाही, रंगशालामा खेल सन्चालनको अनुमती नदिने सरकार सुटिङका लागि भने भाडामा मैदान दिएको देख्दा मन थाम्न सकिन । कोरोनाले कामविहीन भएर आर्थिक संकटबाट गुज्रिरहेका खेलाडीहरुको अनुहार आँखामा आयो। अति नै दुःख लागेर आयो । कोभिडको कहरले देशमा खेलकुद गतिविधी ठप्प भएको सात महिना बितिसक्यो । सबैलाई गाह्रो छ, सरकार नि देश र नागरिकलाई कोरोनाको कहरबाट जोगाउँ भनेर लागेको छ । खेलकुद परिषद् र एन्फा लाचार छन् भनेर मन बुझाउँदै थिएँ । तर, यस्तो चरम लापरवाही देख्दा यो मनलाई थाम्न सकिनँ र यो पोस्टबाट आफ्नो मनको भावना पोख्न चाहेँ ।खेलकुद पूर्ण रुपमा सुचारु गरौं भन्दा कोरोनाको बाहना देखाउने खेलकुद परिषद्जस्तो जिम्मेवार निकायले म्युजिक भिडियो र फिल्म छायाँकनको लागि रंगशाला खुलाउनु अती नै लज्जाजनक लाग्यो । दुःखी नि बनायो र म यस्को घोर भर्त्सना गर्छु । एन्फाको यस्तो समझले देशको खेलकुदले कहिल्यै पनि प्रगती गर्छ जस्तो मलाई लाग्दैन । देशको खेलकुदको प्रगति नहुनुमा जहिले पनि खेलाडिको क्षमतामा दोष दिने गरिन्छ । तर, देशको खेलकुद निकयको यस्तो लाजमर्दो कृत्यले खेलाडीलाई बलिको बोका बनाइएको हो भन्ने प्रष्ट हुन्छ । देशमा बल्लतल्ल सुचारू भएको फुटबल लिग पनि २–३ महिनाको अवधिमा सकिने सकिने गरेको छ । ३ महिनापछि खेलाडी बेरोजगार हुन्छन् । जबकि सारा संसार भरी खेलाडीको आम्दानीको साहरा भनेकै लिग सिजन हो । अझ भन्नुपर्दा राष्ट्रिय टोलीलाई मजबुत बनाउने महत्वपूर्ण पक्ष नै लिग गेम हो । हामीकहाँ खेल हार्यो कि खेलाडीलाई लागि गालीगलौच गर्ने गरिन्छ । जबकी राष्ट्रिय टोलीका खेलाडीहरुले वर्षमा जम्मा २–३ महिना मात्र प्रतिस्पर्धा गर्न पाएका हुन्छन् । यो कुरा कसले बुझ्ने ? एन्फा, खेलकुद परिषद जस्तो जिम्मेवार निकाय नै गैरजिम्मेवार भएपछी हामी खेलाडीले कसकसलाई अनि कहाँ गुहार्ने?हाम्रो अभिभावक भनेकै यिनै संस्थाहरु हुन् । यिनीहरुको गलत निर्णय र गैरजिम्मेवारीले गर्दा हामीलाइ टुहुरो भएको अनुभुती पनि नभएको होईन । यस्तै गतिविधिका कारण सानो बालबालिकाले खेलाडी बन्ने सपना सुनाए भने हामी निःशब्द बन्नुपर्ने स्थिति छ । डर लाग्छ, उनीहरुको भविस्य पनि हाम्रोजस्तै अलपत्र बन्ने हो कि ? त्यही भएर मैले आजभोलि कसैलाई खेलाडी बन्न प्रोत्साहन गर्ने गरेको छैन । मनमा धेरै कुरा छन्, निरासा छन् तर भोलि अवस्य राम्रो हुन्छ भनेर आश पनि छ । भोलि राम्रो बनाउन हामीले आफ्नो जिम्मेवारी निभाउन जरुरी छ र अहिलेलाई खेलकुदलाई व्यवस्थित तरिकाले सुचारु गर्नु जरुरी छ । खेल सुचारु गर्नु भनेको खेलाडीको घरमा चुलो बाल्न सहयोग गर्नु हो । आजको एक गलत निर्णयले नेपाली खेलकुदको भविस्यलाइ अँध्यारोमा धकेल्नु हुन्न, । भोलि आउने पुस्तालाई खेलकुदमा प्रोत्साहन गर्न आज राम्रो कदम उठाउन जरुरी छ । जय नेपाल, जय नेपाली फुटबल।”

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments