टोटेन्हामको सानदार जीतमा चम्किए ह्युङ मिन सन र ह्यारी केन

इङ्लिस प्रेमिएर लिगमा टोटेन्हाम हट्स्पर्सको सानदार जीत भएको छ। टोटेन्हामको जीतमा ह्युङ मिन सन र ह्यारी केन चम्किए। ह्यारी केनको पासमा सन हिउङ मिङले ४ गोल गरे। ह्यारी केनको नाममा पनि एक गोल रह्यो।

खेल टोटेन्हामले ५-२को गोल अन्तरले जित्न सफल भयो। खेलको ३ मिनेटमा ह्यारी केनको गोल अफसाईड भएको थियो। तेस्पछी खेलको ३२औ मिनेटमा साउथहाम्प्टनले अग्रता लिएको थियो। साउथहाम्प्टनका लागि ड्यानी ईङ्सले गोल गरेका थिए। खेलमा हाल्फ टाईम भन्दा अगाडि ह्युङ मिन सनले बराबरीको नतिजा ल्याए। हाल्फ टाईम पछी टोटेन्हामले गोल को आक्रमण नै गरे। खेलको ४७औ मिनेटमा ह्यारी केनको पासमा सनले टोटेन्हामको लागि दोस्रो गोल गरे।

खेलको ६४औ मिनेटमा फेरी ह्यारी केनकै पासमा ह्युङ मिन सनले तेस्रो गोल गर्दै हाट्रिक गरे। सन र केनको आक्रमण अझै सकिएन। खेलको ७३औ मिनेटमा सनले चौथौ गोल गरे| यो गोल पनि सनले ह्यारी केनकै गरे। पास मात्र हैन ह्यारी केनले खेलमा एक गोल पनि गरे।

खेलको ८२औ मिनेटमा ह्यारी केनले गोल गर्दै खेलमा ५-१को नतिजा भएको थियो। खेलको ९०औ मिनेटमा साउथहाम्प्टनका लागि ड्यानी ईङ्सले पेनाल्टी मार्फत गोल गर्दै खेल ५-२को गोल अन्तरले टोटेन्हामले जित्न सफल भयो। यो सानदार जीत संगै टोटेन्हामले ३ अंक प्राप्त गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments