नेसन्स लिगमा आज साविक विजेता पोर्चुगल र स्वेडेन भिड्दै


युइएफए नेसन्स लिग अन्तर्गत आज पोर्चुगल र स्वेडेन भिड्ने छन्। स्वेडेनको फ्रेन्डस रंगशालामा हुने खेलमा दुवै टोलि स्पस्ट जितको खोजिमा हुनेछन्।

पहिलो संस्करणको विजेता पोर्चुगलले पहिलो खेलमा क्रोसियामाथी ४-१ को सनदार जित निकालेको थियो भने स्वेडेन फ्रान्ससित १-० गोल अन्तरले पराजित भएको थियो। चोटको कारण क्रोसियासितको खेल गुमाएका स्टार खेलाडी रोनाल्डो आज हुने खेल खेल्ने सम्भावना रहेको छ। उनी हिजो भएको अन्तिम प्रशिक्षणमा मैदानमा देखिएका थिए। सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको सुचिमा रोनाल्डो ९९औं गोलको साथ दोस्रो नम्बरमा छन्। आजको खेलमा उनि १०० गोलको कोसेढुङ्गा पूरा गेर्ने लक्ष्यमा हुनेछन्। त्यसैले आज स्वेडेनको लागि रोनाल्डो चिन्ताको विषय हुन सक्छन्।

सन् २०१३ यता भएको तीन खेलमा पोर्चुगल तीन खेलमा विजयी भएको छ भने एक खेल स्वेडेनले आफ्नो पोल्टामा पारेको छ। यी दुई टोलि बिचको अन्तिम खेलमा स्वेडेनले २-३ गोल अन्तरले बाजि मारेको थियो।
यस्तै समुहको आर्को खेलमा फ्रान्सले क्रोसियाको सामना गर्नेछ। पहिलो खेलको हार बिर्सेर क्रोसिया लयमा फर्कने सुरमा हुनेछ भने फ्रान्स जित निरन्तर दिने प्रयास गर्नेछ। अन्य खेलमा बेल्जियमले आइसल्यान्डको सामना गर्दा डेनमार्कले इङ्ल्याडलाई निम्त्याउनेछ। सबै खेल नेपाली समय अनुसार राती १२:३० बजे सुरु हुनेछ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments