योर्गन क्लोप कि आमा को निधन

ईंग्लिश क्लब लिभरपुल का म्यानेजर योर्गन क्लोप कि आमा एलिजाबेथ क्लोप को निधन भएको छ । ८१ बर्षिय एलिजाबेथ को हिजो मंगलबार को दिन जर्मनी मा रहेको आफ्नै निवास मा निधन भएको बताइएको छ । आफ्नी आमा को निधन पछि प्रतिक्रिया दिदै क्लोप ले आफ्नो लागि आमा सर्बथोक भएको र कट्टर क्रीस्चियन को रुपमा आमाको स्वर्ग मा बाँस हुने बताएका छ्न । तर कोरोना भाइरस महामारी को कारण ले गर्दा योर्गन क्लोप आफ्नी आमा को अन्तिम संस्कार मा सहभागी हुने छैनन । बेलायत ले फेब्रुअरी १७ सम्म को लागि आफ्नो देश बाट जर्मनी जाने फ्लाइट हरु पुर्ण रुपमा बन्द गरेको ले क्लोप आफ्नी आमा को अन्तिम संस्कार मा जान नपाउने भएका हुन ।

एलिजाबेथ का तीन जना सन्तान मध्य योर्गन क्लोप कान्छा सन्सान हुन र उनि भन्दा माथी २ दिदी हरु रहेका छ्न । क्लोप का पिता नोर्मन क्लोप को ६६ बर्ष को उमेर मा सन २००० मै निधन भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments