चौतर्फी बिरोध पछि क्यानले खेलाडी वर्गीकरण फेरी गर्ने

नेपाल क्रिकेट संघको ( क्यान )  गत हफ्ता चितवनमा बसेको बोर्ड बैठकले गरेको गरेको खेलाडी वर्गीकरणको व्यापक बिरोध भएपछि क्यानले पुनः वर्गीकरण गर्ने भएको छ।

क्यानले बिहिबार प्रेस बिज्ञप्ति जारि गर्दै यस अघि ‘खेलाडी वर्गीकरण निर्धारण समिति’ ले गरेको वर्गीकरणलाई बोर्ड बैठकले पारित गरेता पनि वर्गीकरणमा केहि महत्वपूर्ण खेलाडीहरुको नाम छुटेको तथा न्यायोचित नभएको गुनासो खेलाडीहरु स्वयम्ले गरेपछि संघले पुनर्विचार गर्ने बताएको छ।

संघका अध्यक्ष चतुर बहादुर चन्दद्वारा जारि गरेको प्रेस बिज्ञप्तिमा लेखिएको – 

“नेपाल क्रिकेट संघद्वारा कोषाध्यक्ष रोशन कुमार सिंहको संयोजकत्वमा संघको केन्द्रिय सदस्यहरु अमित बिर पाण्डे र दुर्गाराज पाठक सदस्य रहने गरि बनाइएको ‘खेलाडी वर्गीकरण निर्धारण समिति’ ले २०७७ साल असोज ६ गते चितवनमा सम्पन्न संघको बोर्ड बैठकमा खेलाडी करारको लागि १८ जना पुरुष र १९ जना महिला खेलाडीहरुलाई विभिन्न श्रेणीमा वर्गीकरण गर्दै बोर्ड बैठकमा पेश गरेको र समितिको उक्त वर्गीकरणलाई बोर्ड बैठकले नै पारित गरेको थियो।

तर उक्त वर्गीकरणमा केहि महत्वपूर्ण खेलाडीहरुको नाम छुट्न गएको र वर्गीकरण न्यायोचित नभएको भनि खेलाडीहरुले गुनासो गर्दै संघअ निवेदन आएकोमा यसप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ। यसर्थ संघले पुनः खेलाडी वर्गीकरण निर्धारण समितिलाई महिला र पुरुष राष्ट्रिय क्रिकेटका कप्तान, उपकप्तान र प्रशिक्षकसंग आवस्यक चल्पह्ल गरि सुझाव सहितको वर्गीकरण प्रतिवेदन आगामी बोर्ड बैठकमा पेश गर्नको लागि अनुरोध गरिएको जानकारी गर्न चाहन्छौ।”

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments