डिएगो म्याराडोनाको निधनसँगै अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक

विश्व फुटबलकै सर्वाधिक महानमध्यका अर्जेन्टिनी मिडफिल्डर डिएगो म्याराडोनाको निधनसँगै अर्जेन्टिनी सरकारले तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ ।

राष्ट्रपति अल्बर्टो फर्नान्डेजले बुधबार हृदयघातका कारण ज्यान गुमाएका म्याराडोनाप्रति दुख र शोक व्यक्त गर्दै तीन दिन राष्ट्रिय दिन शोक घोषणा गरेका हुन् । उनले अर्जेन्टिनी संचारमाध्यमसँग बोल्दै यस घटनाले आफू निकै दुखित भएको बताएका छन् ।

म्याराडोनाको अन्तिम संस्कारअघि राष्ट्रपतिको मुख्यालयमा राज्यस्तरबाट नै श्रद्दान्जली सभा गर्ने तयारी भइरहेको छ । हालसम्म जम्मा ७ राष्ट्रपतिले मात्र यो सम्मान प्राप्त गरेका छन् । खेलकुद क्षेत्रबाट ५ पटक फर्मुला वन विजेता जान म्यानुएल फान्गियोले सन् १९९५ जुलाई १७ मा यो सम्मान प्राप्त गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments