एसियन सिनियर सेन्ट्रल जोन भलिबलको उपाधि नेपाललाई

ढाका उज्वेकिस्तानलाई ३-२ को सेटमा हराउँदै नेपाल दोस्रो पटक एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियन बनेको छ । मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपालले पहिलो सेट २५-२४ ले जितेको थियो ।

दोस्रो सेटमा उज्वेकिस्तान २५-२४ ले विजयी भए पनि तेस्रो सेट नेपालले २५-१५ ले आफ्नो पक्षमा पार्यो । चौथो सेट उज्वेकिस्तानले २५-२२ ले जित्दै खेल वेस्ट अफ फाइभमा पुर्‍यायो । पाँचौं सेट १५-१० ले आफ्नो बनाउँदै नेपालले उपाधि जित्यो । नेपालले शतप्रतिशत नतिजासहित उपाधि जितेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments