बार्सिलोनाको विजयी सुरुवात, फाटिको दुई गोल
स्पेनिस लिग ला लिगामा अन्सु फाटिले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेपछि पहिलो खेलमा बार्सिलोनाले भिल्लारियलाई ४-० गोल अन्तरले हराउदै विजयी सुरुवात गरेको छ। यससँगै बार्सिलोनाले लिगको पहिलो खेलमा जित निकाल्दै सिजनको उत्कृष्ट सुरुवात गरेको छ।

आइतबार राती बार्सिलोनाको मैदान क्याप नोउमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन अन्सु फाटीले २ गोल र मेस्सीले एक गोल गर्दा एक गोल उपहार पाएको थियो।
खेलको १५ औ मिनेटमा जोर्डी अलबाको पासमा अन्सु फाटीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। ३ मिनेट बित्न नपाउदै फिलिफे कौन्टिन्होको पासमा फाटीले व्यक्तिगत दोस्रो गोल गरे।

३५ औ पेनाल्टीमा गोल गर्दै मेस्सीले बार्सिलोनालाई ३-० ले अगाडी बढाए। ४५ औ मिनेटमा टोरेसले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि बार्सिलोना पहिलो हाफमा ४-० गोलले अगाडी बढेको थियो।
दोस्रो हाफमा दुवै टोलिले थुप्रै अवसर पाए पनि गोलमा परिणत गर्न नसक्दा बार्सिलोना ४-० गोल अन्तरले विजयी भएको हो। अघिल्लो सिजन बार्सिलोना लिगको दोस्रो स्थानमा रहदै सिजनको अन्त्य गरेको थियो।
