युभेन्टसको जितमा रोनाल्डोको गोल

इटालियन लिग सिरि ए मा युभेन्टसले विजयी सुरुवात गरेको छ। नयाँ सिजको पहिलो खेलमा युभेन्टसले साम्पडोरियालाई ३-० गोल अन्तरले पराजित गरेको छ।

आइतबार राती एलिएन्ज एरिना टुरिनमाभएको खेलमा युभेन्टसको जितमा डिजान कुलुसेभ्स्की, लियोनार्दाे बोनुची र फरवार्ड क्रिस्टियानो रोनाल्डोले गोल गरे । युभेन्टसले १३औं मिनेटमा कुलुसेभ्स्कीको गोल अग्रता लिएको थियो।

युभेन्टसले दोस्रो गोलको लागि ७९औं मिनेटसम्म कुर्नु परेजो थियो। युभेको लागि पोस्ट नजिकबाट लियोनार्दो  बोनुचीले गोल गर्दै टोलिको अग्रता दोब्बर बनाएका थिए। यस्तै आरोन राम्सेको पासमा रोनाल्डोले ८८औं मिनेटमा गोल गर्दै युभेन्टसलाई ३–० को जित सुनिश्चित गरे।

जितसँगै नयाँ प्रशिक्षक आन्द्रे पिर्लोले पनि सुखद सुरुवात गरेका छन्। यस्तै अन्य खेलमा नापोलीले पार्मालाई २-० ले हराउदा जिनिआले क्रोटोनेलाई ४-१ गोल अन्तरले हरायो।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments