बार्सिलोना च्याम्पियन्स लिग बाट बाहिरियो

स्पेनीस क्लब बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको छ । फ्रेन्च क्लब पिएस जी संग समग्र मा ५-२ ले पराजित हुँदै बार्सिलोना बाहिएइएको हो । पिएस जी को घरेलुु मैदान मा भएको दोश्रो लिग १-१ गोलको बराबरी मा सकिएपनी पहिलो लिग मा हारेको ४-१ को नतिजा संगै पिएसजी अर्को चरण मा प्रवेश गर्यो ।

पिएसजी को लागि केलियन एमबाप्पे ले ३१ मिनेटमा पेनाल्टी मार्फत गोल गदै घरेलुु टिम लाई अग्रता दिलाएका थिए । तर बार्सा को लागी मेसि ले ३७ मिनेटमा उत्कृष्ट गोल गर्दै खेलमा फर्किने आशा देखाएपनी त्यो सम्भब भएन । ४५ औ मिनेटमा बार्सिलोना ले पेनाल्टी को अबसर पाएको थियो तर मेस्सी पेनाल्टी मा गोल गर्न चुके ।

यस्तै जर्मन क्लब लेप्जिग लाई समग्र मा ४-० ले हराउदै ईंग्लिश क्लब लिभरपुल पनि च्याम्पियन्स लिग को क्वाटर फाइनलमा प्रबेश गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments