क्रीस्टल प्यालेस को पोस्ट मा लिभरपुल को सात गोल

इङलिस प्रीमियर लिग मा डिफेन्डिङ च्याम्पियन लिभरपुल ले कृस्टल प्यालेस लाई ७ शुन्य को फराकिलो अन्तरले पराजित गरेको ।

प्यालेस को घरेलुु मैदानमा भर्खरै सकिएको खेल मा लिभरपुल ले सात गोल गर्यो । लिभरपुल को जित मा मोहम्मद सलाह र रोबर्टो फर्मिन्हो ले समान २/२ गोल गरे भने जोर्डन हेन्डरसन , साडियो माने र मिनामिनो ले १/१ गोल गरे।

खेल को सुरु बाट नै दबाब बनाएको लिभरपुल ले खेल अबधी भरी ६४ प्रतिशत बल आफ्नो कब्जामा राखेको थियो।खेल को पहिलो हाफ मा केही राम्रा मौका खेर फाल्दा कृस्टल प्यालेस आफ्नै घरेलु मैदानमा लज्जास्पद हार बेहोर्न बाध्य भयो।यो खेल पछि लिभरपुल १४ खेल बाट ३१ अङ्क को साथ लिग तालिका को शिर्ष स्थान मा यथाबत रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments