बसन्त रेग्मीको दोस्रो कोरोना परिक्षण पोजेटिभ
नेपाली राष्ट्रिय क्रिकेट खेलाडी बसन्त रेग्मीलाई दोस्रो पटक कोरोना पोजेटिभ देखिएको छ । मंसिरको पहिलो साता परिवारका अरु सदस्यसँगै रेग्मीलाई पहिलो पटक कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि घरमै आइसोलेसन बसेका बसन्त राष्ट्रिय टिमको प्रशिक्षणका लागि काठमाडौं आएका थिए । उनले सोमबार स्टार अस्पतालमा परिक्षण गर्दा पोजेटिभ आएको हो ।
अहिले उनी आइसोलेसनमा बसेका छन । दोस्रो पटकपनि कोरोना देखिएपछि उनी गौतमबुद्ध कप नखेल्ने भएका छन । बसन्तले फेरी केहि दिनमा परिक्षण गर्ने भएका छन । करिव एक बर्षदेखि राष्ट्रिय टिम बाहिर रहेका बसन्तलाई क्यानले बन्द प्रशिक्षणका लागि बोलाएको थियो । तर कोरोना पोजेटिभ आएपछि सहभागि हुन सकेका थिएनन् ।
यस्तै सन्दिप लामिछाने बिग ब्यास लिगका लागि अस्ट्रेलिया जाने भएकाले गौतमबुद्ध कप नखेल्ने भएका छन । राष्ट्रिय टिमका उपकप्तान दिपेन्द्र सिंह ऐरी ढाडको समस्या र पारिवारीक कामका कारण गौतमबुद्ध कप नखेल्ने भएका छन । उनको बहिनीको विहे भएकाले उनी आफ्नो घर धनगढी गएका छन। त्यस्तै कुशल मल्लको हातमा समस्या रहेकोले उनले पनि गौतम बुद्ध कप खेल्ने छैनन।