लेस्टर सिटी माथि लिभरपुल को जीत,आर्सनल र लिड्सको खेल बराबरी

इंग्लिस प्रिमियर लिग फुटबलमा साबिक बिजेता लिभरपुलले लेस्टर सिटी माथि ३-० को जीत हात परेको छ। खेलमा जोन्नी एभान्सले आत्मघाती गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए।

तेस्पछी लिभरपुलकालागी डियागो जोटा र फिमिनोले गोल गरे र लिभरपुल ३-० ले बिजयी हुन सफल भयो। जीतसँगै लिभरपुल २० अंक सहित तालिकाको दोस्रो स्थानमा रहेको छ। समान अंक जोडेको टोटन्ह्याम हट्स्पर्स तालिलाको शिर्ष स्थानमा रहेको छ।

त्यस्तै प्रिमियर लिगको अर्को खेलमा आर्सनल र लिड्स युनाईटेडबीचको खेल बराबरीमा रोकिएको छ । आइतबार रातिको खेलमा १० खेलाडीमा सीमित आर्सनलले लिड्ससँग गोलरहित बराबरी खेलेको हो ।

लिड्सको मैदानमा दुबै टोलीले पाएको मौका गुमाउँदा खेल बराबरीमा सकिएको हो । बराबरीसँगै आर्सनल १३ अंकसहित ११औँ स्थानमा रहेको छ । लिड्स ११ अंक जोडेर १४औँ स्थानमा छ ।

त्यस्तै आइतबार साँझ भएको खेलमा एभर्टनले सहज जित निकालेको छ । एभर्टनले फुल्ह्यामलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

फुल्ह्यामको मैदानमा एभर्टनलाई जित दिलाउन डोमिनिक लेविनले दुई गोल गरे । यस्तै आब्डुलाए डोउकोरेले एक गोल गरे । फुल्ह्यामका बोब्बी रेइड र रुबेन लोफ्टस चिकले एक एक गोल फर्काए ।

जितसँगै एभर्टन ९ खेलमा १६ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा छ । फुल्ह्याम ४ अंक जोडेर १७औं स्थानमा रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments