इङलिस प्रिमियर लिग प्रिभ्यु: कस्ले जित्ला उपाधी?
इङ्लिस प्रिमियर लिग, यो सुन्ने बित्तिकै धेरै मानिसको मनमा छुट्टै तरङ्ग आउने गर्छ। विशेषगरि फूटबल प्रेमीको मनमा। इङ्लिस प्रिमियर लिग विश्वमा सबैभन्दा धेरै दर्शकले हेर्ने लिगमा चिनिन्छ। ठुला नाम चलेका क्लबहरुलाई साना रेलिगेसन छल्न संघर्ष गरि रहेको टिमले हराउने गरेको कुरा सबैलाई अवगत नै छ।
फूटबल प्रेमीहरुको लागि यस्तो लिग लामो महोत्सव भन्दा फरक नपर्ला। पछिल्लो समय प्रिमियर लिग फेन्टासीलेगर्दा पनि धेरै दर्शकहरुको मन यस लिगले तानिरहेको छ। हो यहि महोत्सवको नयाँ सिजन यहि सेप्टेम्बर १२ बाट सुरु हुदैछ। कोभिड-१९ को कारण ओथलपोथल भएको खेल क्षेत्र बिस्तारै फर्किने प्रयास गरिरहेको छ। लिग खेल हेर्न कुनै दर्शन रंगशाला जान पाउनेछैन। तरपनी लिगको रौनक घटेको छैन। यसपाली प्रिमियर लिगमा लिड्स युनाइटेड, फुलहाम, वेस्ट ब्रोमविच फर्किएका छन्। लिगको पहिलो खेल सेप्टेम्बर १२मा फुलहामले लण्डन क्लब आर्सनलको सामना गर्नेछ। सबैको चासोको विषय रहेको कुरा हो ।

कस्ले जित्ला त २०२०/२१ लिगको उपाधी ?
१. लिभरपुल
अघिल्लो सिजनको विजेता टोलि हो लिभरपुल। लिभरपुलले दोस्रो स्थानको म्यान्चेस्टर सिटिलाई १८ अङ्कले पछाडी पार्दै ३० वर्षपछि प्रिमियर लिगको उपाधी कब्जा गरेको थियो। के यस सिजनपनी लिभरपुलले त्यही लयलाई निरन्तरता दिन सक्ला त? लिभरपुललाई यस सिजनपनि उत्कृष्ट प्रदर्शन दिन दबाब छ। अन्य क्लब सिटि, चेल्सी, आर्सनलले खेलाडी भित्राइरहेको बेलामा प्रशिक्षक क्लोपले भने अहिलेसम्म रोबर्टसनको रुपमा बैकल्पिक खेलाडी बाहेक अरु खेलाडी किनेका छैनन्। लिभरपुलले बार्यन म्युनिखबाट थियागोलाइ भित्राउने प्रयास गरिराखेको छ। लिभरपुल उपाधिकोलागि दाबेदारी टोलि हो तर खेलाडी नकिनेको खण्डमा पक्कैपनी गाह्रो पर्नेछ।

२. चेल्सी
चेल्सीले अघिलो सिजन चौथो स्थानमा रहेको लिगको अन्त्य गरेको थियो। तर यसपटक फ्रान्क लामपार्डको टोलि उपाधी जित्नको लागि आफुले सकेको गर्न तयार छ। यसपटकको टान्सफर बजारमा चेल्सीले चमत्कार गरेको छ। उसले पेड्रो र विलियम्सलाई बेच्दै फर्वाड वर्नर, मिडफिल्डर जियच, काइ हार्भेज, डिफेन्डर थियागो सिल्भालाई भित्राइसकेको छ। चेल्सीमा युवा खेलाडी मेसन माउन्ट, ट्यामी अब्राहाम, क्रीस्चियन पुलिसिकले अघिल्लो सिजन राम्रै प्रदर्शन गरेका थिए। २०१९/ २० को सिजनमा लामो समय चोट ग्रस्त भ्एका क्रीस्चियन पुलिसिकले २५ खेल खेलेर ९ गोल गर्नुको साथै ४ असिस्ट गरेका थिए। उमेरले भर्खर २१ बर्ष मात्र पुगेका उनलाई भविष्यमा निकै राम्रो खेलाडी को रुपमा हेरिएको छ ।

३. म्यान्चेस्टर सिटी
सिटीले अघिल्लो सिजन दोस्रो स्थानमा रहेर सिजनको अन्त्य गरेको थियो। यस सिजन उपाधिको लागि प्रमुख दाबेदार हो ,म्यान्चेस्टर सिटी। यसपटक ट्रान्सर्फरमा खासै चासो नदेखाएपनि गोर्डिओलाको टिममा खेलाडीको कुनै कमि छैन। मिडफिल्डर डेभिड सिल्भाले क्लब छोडेर गएपनी मिडफिल्डमा असर पर्नेछैन। स्टार खेलाडीले भरिएको सिटी ले अघिल्लो दुई सिजन उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो स्थिरता देखाएको थियो। प्रिमियर लिगमा आफ्नो स्थिरता राख्न सक्नु नै महत्त्वपूर्ण कुरा हो। केभिन ड्रि ब्रुना, अग्युरो, स्टर्लिङ, बार्नाडो सिल्भा अन्य टोलिको लागि टाउको दुखाइ बन्न सक्छन्।

४. म्यान्चेस्टर युनाइटेड
युनाइटेड अघिल्लो सिजन तेस्रो स्थानमा रहेर सिजनको अन्त्य गरेको थियो। सिजनको पहिलो हाफमा खासै राम्रो प्रदर्शन गर्न नसकेको युनाइटेडमा ब्रुनो फर्नान्डेजको आगमनपछि टिममा निकै परिवर्तन आएको थियो। यस सिजन एज्याक्सबाट वान डे भिकलाई अनुबधित गरेसँगै मिडफिल्डमा बलियो देखिएको छ। अघिल्लो सिजन सोचे अनुरुप प्रदर्शन गर्न नसकेको युनाइटेडले यस सिजन राम्रो प्रदर्शन गर्ने सबैले अङ्कलन गरेका छन्।
यस्तै आर्सनल, टोट्नहाम, लेस्टर सिटिले पनि च्याम्पियन लिग स्थानकोलागि आफ्नो दाबेदारी प्रस्तुत गर्नेछन्।
लेस्टर सिटिले अघिल्लो सिजन २३ गोल गर्दै गोल्डेट बुट जितेका थिए। उनले आर्सनलका अबमियाङलाई एक गोलले पछि पार्दै गोल्डेन बुट जितेका थिए। अहिले गोल्डेन बुटको लडाइमा केही रोमाञ्चक देख्न पाइने सबैको आशा रहेको छ। टिमो वर्नरले लिपजिकको लागि अघिल्लो सिजन कुल ४५ खेल खेल्दै ३४ गोल गरेका थिए। उनको आगमनले पनि गोल्डेन बुट कस्ले जित्छ भन्नेमा सबैको प्रश्न रहेको छ। ह्यारी केनले अघिल्लो सिजन राम्रो प्रदर्शन गर्न नसकेपनि यस सिजन लयमा फर्कने प्रयास गर्नेछन्। सन् २०१८ मा गोल्डेन बुट जितेका सलाह यस सिजनपनी आफ्नो दाबेदारी प्रस्तुत गर्नेछन्। साउथह्यापटनका ड्यानी इङिसले अघिल्लो सिजन २२ गोल गरेका कारणपनि उनलाई अन्डर डगको रुपमा हेरिएको छ।