मर्सेसाइड डर्बी मा लिभरपुल पराजित

ईंग्लिश प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा लिभरपुल पराजित भएको छ । लिग मा खराब प्रदर्शन बाट गुज्रिरहेको लिभरपुल एभर्टन को हात बाट २-० ले पराजित भएको हो । लिभरपुल को घरेलुु मैदान एनफिल्ड मा भएको खेलमा एभर्टन लाई जिताउन रिचलिसन र सिगर्ड्सन ले १/१ गोल गरे । साबिक बिजेता लिभरपुल मर्सेसाइड डर्बी मा आफ्नै मैदान मा पराजित भएको यो १९९९ पछि पहिलो पटक हो । यस्तै घरेलुु मैदान मा लिभरपुल कि यो लगातार चौथो हार हो । यो हार संगै लिभरपुल २५ खेल बाट ४० पोइन्ट को साथ लिग तालिकाको छैटौं स्थान मा रहेको छ । यस्तै प्रिमियर लिग अन्तर्गत नै भएको अर्को खेलमा फुलह्याम ले शेफिल्ड युनाईटेड लाई १-० ले हराएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments