मोटसाईकल दुर्घटनामा घाइते भएका क्रिकेटर ललित भण्डारीलाई थप उपचारको लागि काठमाडौँ ल्याइने
आइतबार मोटरसाइकल दुर्घटनामा परि घाइते भएका राष्ट्रिय क्रिकेटर ललित सिंह भण्डारीलाई थप उपचारको लागि काठमाडौँ ल्याइने भएको छ।

ट्रकको ठक्करबाट घाइते भए पछि उनलाई धनगढीको निसर्ग अस्पतालमा उपचार गरिएको थियो। धनगढीबाट उनलाई आज राति कोहलपुर ल्याइएको थियो जहाँ उनको सिटि स्क्यान गरिएको थियो। सिटि स्क्यानमा टाउकोमा चोट देखिएको छैन। उनको दायाँ खुट्टा र दायाँ हातको नाडीमामा भने फ्र्याक्चर भएको छ जसको अपरेसन काठमाडौँमा गरिनेछ। यस्तै दुर्घटनामा उनको कलेजोमा पनि समस्या देखिएको जानकारी प्राप्त भएको छ।

उनको खुट्टा र हातको अपरेसन गर्नको लागि तथा थप राम्रो उपचारको लागि कोहलपुरबाट हेलिकप्टरमार्फत काठमाडौँ ल्याइन लागेको हो जसको लागि तयारी भइरहेको छ। उनलाई काठमाडौँ ग्रयाण्डी हस्पिटलमा रिफर गरिएको छ।
धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से १ ख १३२४ नंम्बरको ट्रक र भण्डारी चढेको म २ प ४७०५ नम्बरको मोटरसाइकल एकआपसमा जुधेको थियो। घटना पछि ट्रक चालक फरार रहेका छन्। ट्रक भने प्रहरीले नियन्त्रणमा लिएको छ।