रेनिसका गोलरक्षक एडुवार्ड मेन्डी चेल्सीमा अनुबन्धन

इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले यो सिजन सातौ खेलाडी कलबमा अनुबन्धन गरेका छन। सेनेगल तथा फ्रान्सेली क्लब रेनिसका गोलरक्षक एडुवार्ड मेन्डीलाई चेल्सीले अनुबन्धन गरेको छ।

मेन्डीलाई चेल्सीले २२ मिलियन पाउन्डमा ५ वर्षको लागि अनुबिन्धत गरेको छ। चेल्सीमा अनुबन्धित भएपछि २८ वर्षीय मेन्डीले क्लबको आधिकारिक वेभसाइटमा चेल्सीमा जोडिन पाउँदा उत्साहित रहेको बताएका छन् ।

प्रशिक्षक फ्रान्क लाम्पार्डको प्रशिक्षणमा खेल्ने सपना पुरा भएको मेन्डीले बताएका छन्। राम्रो र उत्कृष्ट कलबमा आबद्ध हुँदा आफु खुशी भएको कुरा मेन्डीले बताएका छन्। मेन्डीले रेनिसमा पहिलो सिजन ३३ खेल खेल्दै उत्कृष्ट प्रदर्शन गरेका गरेका थिए । उनले १३ क्लिनसिट राखेका थिए । रेनिस नयाँ सिजनको लासग च्याम्पियन्स लिगलाई छनोट भएको छ ।

चेल्सीले गत सिजन प्रिमियर लिगको ३८ खेलमा ५४ गोल खाएको थियो । चेल्सीका वर्तमान गोलरक्षक केपा एरिजाबालगाले पछिल्लो समय खराव प्रदर्शनलाई निरन्तरता दिएपछि चेल्सीले उनको विकल्पमा मेन्डीलाई अनुबन्ध गरेको हो ।

यो सिजन चेल्सीमा अनुबन्धित खेलाडीहरु : हाकिम जियाच (३८ मिलियन), टिमो वेर्नर (५३ मिलियन), बेन चिलवेल (५० मिलियन), मालाङ सार (फ्रि एजेन्ट), थियागो सिल्भा (फ्रि एजेन्ट) र काई हाभर्टज (८९ मिलियन) पाउन्ड खर्च गरेको छ । यसबाहेक जाभिएर मुयाम्बा पनि क्लबमा आबद्ध भएका छन् । चेल्सीले यो सिजन खेलाडी अनुबन्धमा २५० मिलियन पाउन्ड खर्च गरिसकेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments