सप्तरी प्रिमियर लिग को उपाधी बजाज खडक वारियर्स लाई

बजाज खडक वारियर्सले तेश्रो संस्करणको सप्तरी प्रिमियर लिगको उपाधि जितेको छ। राज रंगशाला राजबिराज मा आज सम्पन्न फाइनल खेलमा वारियर्सले रुपनी राईडर्सलाई १ रन को झिनो अन्तर ले पराजित गर्यो।

बजाज खडक वारियर्सले दिएको १४७ रनको लक्ष्य पछ्याउने क्रममा रुपनी राईडर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १४५ रन बनाउन सक्यो । उपाधि सहित बजाज खडक वारियर्सले नगद ३ लाख रुपैयाँ हात पार्यो भने उप बिजेता रुपनी राईडर्सले १ लाख ५० हजार रुपैयाँ मा चित्त बुझायो

प्रतियोगिताकै उत्कृस्ट खेलाडी बजाज खडक वारियर्सका अनिल कुमार शाह घोषित भए । उनले २५ हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगितामा निकै उत्कृष्ट लय मा रहेका अनिलले २ वटा शतक र एउटा अर्धशतक प्रहार गर्दै ५ खेलमा कुल ३३४ रन बनाएका थिए । यस्तै प्रतियोगिताकै उत्कृस्ट बलर बिशाल सुश्लिंग र उत्कृस्ट ब्याट्सम्यान अनिल शाह चुनिए जसले रु. १५ हजार प्राप्त गरे। विशालले प्रतियोगितामा ४ खेलमा ९ विकेट लिएका थिए । प्रतियोगिता ६ दिन सम्म चलेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments