ज्लाटान इब्राहिमोभिचलाई कोरोना संक्रमण

एसी मिलानका स्विडिस स्ट्राइकर ज्लाटान इब्राहिमोभिचलाई कोरोना भाइरसको संक्रमण भएको छ। युरोपा लिग तेस्रो चरणको छनोट खेलअघि बिहीबार एसी मिलानले आफ्ना स्ट्राइकरलाई संक्रमण भएको पुष्टि गरेको छ।मिलानले आज राति नर्वेको टोली बोडो ग्लिम्टसँग प्रतिस्पर्धा गर्नेछ।

कोरोना संक्रमण भएपछी ज्लाटान इब्राहिमोभिच होम क्वारेन्टिनमा बसेका छन्। टिमका अरु सबै खेलाडी, प्रशिक्षण टोलीका सदस्य तथा कर्मचारीहरुको परीक्षण नतिजा नेगेटिभ आएको छ ।

ज्लाटान इब्राहिमोभिचले टुइटर मार्फत उनको पहिलो टेस्ट नेगेटिभ र दोस्रो टेस्ट पोसिटिभ आएको जानकारी गरएका छन्। उनलाई कुनै सिमटम्स नभएको कुरा उनले टुईटमा भनेका छ्न् । ज्लाटानले मिलानको लागि यो सिजनको सिरी ‘ए’मा ३ गोल गरिसकेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments