बार्सिलोना बराबरीमा रोकियो

स्पेनिस ला लिगा अन्तर्गत गएराती सम्पन्न खेलमा बार्सिलोना १५ औं स्थान मा रहेको क्लब काडिज संग बराबरी मा रोकिएको छ । बार्सा को आफ्नै घरेलु मैदानमा भएको खेल १-१ गोलको बराबरी मा सकियो । खेलको ३२ औं मिनेटमा लिओनल मेसि को पेनाल्टी गोल मार्फत अग्रता बनाएको बार्सा ले खेल सकिन १ मिनेटअघि गोल खान पुग्यो । खेलको ८८ औ मिनेटमा बार्सा का डिफेन्डर लेङ्लेट ले काडिज का खेलाडी लाई डि एरिया मा लडाएपछी काडिज ले पेनाल्टी को अबसर पायो । उक्त अबसर लाई काडिज का एलेक्स फर्नान्डेज ले गोल मा परिणत गर्दै आफ्नो टिमलाइ महत्त्वपूर्ण १ पोइन्ट दिलाए । यो बराबरी पछि बार्सिलोना २३ खेल बाट ४७ पोइन्ट को साथ ला लिगाको तेस्रो स्थान मा रहेको छ । ला लिगा मा एट्लेटिको म्याड्रीड शिर्ष स्थान मा छ भने रियल म्याड्रीड दोस्रो स्थानमा रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments