रोनाल्डो विरुद्ध मेसि को बहुप्रतिक्षित खेल आज
युइ एफ ए च्याम्पियन्स लिग अन्तर्गत यस सिजनको समूह चरणको अन्तिम खेल मध्ये स्पेनिस महारथी बार्सिलोना र इटालियन च्याम्पियन युभेन्ट्सबीच मंगलबार राति हुने खेल सबै फूटबल फ्यान को लागि बहुप्रतिक्षित छ। किनभने बार्सिलोनाका फरवार्ड लिओनल मेसी र युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो दुई वर्ष भन्दा बढी समयपछि एकअर्काविरुद्ध आमनेसामने हुदैछ्न ।
सन् २०१८ मा रोनाल्डोले स्पेनिस क्लब रियल म्याड्रिड छाडेर इटाली तिर लागेपछि दुई खेलाडी आमनेसमाने भएका छैनन यो सिजनको च्याम्पियन्स लिगमा बार्सिलोना र युभेन्ट्स एउटै समूह ‘जी’ मा परेपछि पहिलो लेगमा दुई खेलाडी आमनेसमाने हुने विश्वास गरिएको थियो।तर कोरोना भाइरसको संक्रमण भएपछि रोनाल्डोले उक्त खेल खेल्न सकेनन्।
सो खेलमा बार्सिलोनाले युभेन्ट्सलाई २-० गोलले पराजित गरेको थियो। अन्तिम खेलअघि नै बार्सिलोनाले १५ अंक जोडेर नकआउट चरणमा स्थान पक्का गरिसकेको छ। बार्सिलोनाविरुद्धको बाहेक अरु सबै खेल जितेको युभेन्ट्सले पनि १२ अंक जोडेर अघिल्लो चरणमा स्थान बनाइसकेको छ।
अब मंगलबार राति पौने २ बजे बार्सिलोनाको मैदान क्याम्प नाउ मा हुने खेलपछि समूह विजेताको टुंगो लाग्नेछ ।
