आर्सनल द्वारा न्युक्यासल युनाईटेड पराजित

इङलिस प्रीमियर लिग मा आर्सनल विजयी भएको छ । गएराति सम्पन्न खेलमा आर्सनलले न्यूक्यासल युनाईटेड लाई ३–० गोल अन्तरले पराजित गरेकाे हाे ।

आर्सनलका लागि पिएरे एम्रिक औबामियाङले दुई गोल गरे भने बुकायो साका ले १ गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५० औं मिनेटमा पिएरेले पहिलाे गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।

यस्तै बुकायो साकाले खेलको ६० औं मिनेटमा गोल गरे । खेलको ७७ औं मिनेटमा पिएरेले दोस्रो गोल गर्दै आर्सनललाई ३-० को सहज जित दिलाए ।यो जितसँगै आर्सनल अंक तालिकाको १० औँ स्थानमा पुगेको छ ।

१९ खेलमा २७ अंक जोडेको आर्सनलले एस्टोन भिल्लालाई पछि पार्दै १० औँ स्थानमा उक्लिएको हो । आर्सनलसँग पराजित न्यूक्यासल भने तालिकाको १५ औँ स्थानमा छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments