पंन्जाबद्वारा बैंगलोर पराजित
इन्डियन प्रिमियर लिगमा किङ्स ११ पंन्जावले रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गर्दै दोस्रो जित निकालेको छ।

बिहिबार सरजाहमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको बैंगलोरले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७१ रन बनायो। ओपनर एरोन फिंन्च १८ बलमा २ चौका र १ छक्काको मद्दतमा २० रन बनाएर आउट भए।

देवदत्त पडिक्कलले १८ रन जोड्दा वासिङ्टन सुन्दर १३ रनमा पभिलियन फर्किए। कप्तान विराट कोइलीले टोलिको लागि सार्वधिक ४८ रन बनाए। उनले ३९ बलमा ३ चौका प्रहार गरे। अन्त्यमा ब्याटिङ गर्न आएका क्रिस मोरिसले ८ बलमा १ चौका र ३ छक्का सहित २५ रन बनाए । पंन्जावको लागि मुर्गान अश्विन र मोहमद सामिले २-२ विकेट लिदा अर्शदिप सिंह र क्रिस जोर्डानले १/१ विकेट लिए।

१७२ रनको विजय लक्ष्य पछ्याएको पंन्जावले निर्धारित ओभरमा २ विकेट गुमाउदै १७७ रन बनाएर जित निकाल्यो। पंन्जावको लागि कप्तान केएल राहुलले ४९ बलमा सार्वधिक ६१ रन बनाए। उनले ५ छक्का र १ चौका प्रहार गरे। यस्तै अर्का ओपनर मयङ्क अग्रवालले २५ बलमा ४ चौका र ३ छक्का सहित ४५ रन जोडे।

पहिलो खेल खेलेका क्रिस गेलले ४५ बलमा १ चौका र ५ छक्काको मद्दतमा ५३ रन बनाए। निकोलोस पोरानले १ बलमा ६ रन जोडे। बैंगलोरको लागि युज्वेन्द्र चहालले ३ ओभर बलिङ गर्दै ३५ रन दिएर १ विकेट लिए।

अघिल्लो ७ खेलमा मौका नपाएपछि आठौँ र अत्यन्त महत्वपूर्ण खेलमा मौका पाएका पन्जाब ब्याट्सम्यान क्रिस गेलले जितमा उत्कृस्ट योगदान दिए। ओपनिंग ब्याटिंग छोडेर तेश्रो नम्बरमा आएका गेलले कप्तान केएल राहुलसंग ९३ रनको साझेदारी गरे। अन्तिम ओभरमा रन आउट हुनु अघि गेलले आईपीएल करियरको २९ औं अर्धशतक बनाए जुन क्रममा ४५ बलमा ५ छक्का र १ चौका प्रहर गर्दै ५३ रन बनाए।
खेलपछि गरिएको कुराकानीमा गेलले धेरै पछि खेल्दा पनि आफू नर्भस नभएको भन्दै रोचक प्रतिक्रिया दिए – “युनिभर्स बोस ब्याटिंग गर्दैछ, म कसरि नर्भस हुनसक्छु। म बरु उल्टो तपाईलाई हर्ट अट्याक दिन सक्छु।”
When he is on the mic, expect nothing less than entertainment and laughs 😅😅#Dream11IPL | @henrygayle pic.twitter.com/I62YPN1pES
— IndianPremierLeague (@IPL) October 15, 2020