प्रधानमन्त्री कप मा त्रिभुवन आर्मी को बिजयी सुरुवात

आज देखि सुरु भएको प्रधानमन्त्री कप अन्तर्गत बिभागीय टिम त्रिभुवन आर्मी क्लब ले बिजयी सुरुवात गरेको छ उसले गण्डकी प्रदेश लाई ९७ रन ले पराजित गर्यो ।

२८८ रन को मजबुत लक्ष्य लिएर मैदान मा उत्रिएको गण्डकी प्रदेश ४८ ओभरमा १९० रन मा समेटियो । गण्डकी को लागि समीर कंडेल ले सर्बाधिक ५० रन बनाए भने अर्जुन कुमाल ले ३६ रन को योगदान दिए भने अरु ब्याट्सम्यान ले खासै राम्रो रन बनाउन सकेनन ।

गण्डकी प्रदेश लाई सस्तै मा समेट्न आर्मी को लागि राजेश पुलामी मगर ले ५ विकेट लिए भने भिम सार्की ले ३ बिकेट लिन सफल भए ।यस अघि त्रिभुवन अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुर मा टस जितेर पहिलो ब्याटिङ गरेको आर्मी ले निर्धारित ५० ओभर मा ६ विकेट गुमाउदै २८७ रन बनाएको थियोे ।

उसको लागि कप्तान बिनोद भन्डारी ले शतकीय पारी खेले ७६ बल को सामना गरेका उनले ५ छक्का र ९ चौका को मद्दत ले १११ रन को उत्कृष्ट अबिजित पारी खेले भने राजु रिजाल ले ४५ रन बनाउन सफल भए यस्तै लोकेस बम ले ३० बल मा ४२ रन बनाउदा राजेस पुलामी ले ३८ रन बनाए ।

बलिङ तर्फ गण्डकी प्रदेशको लागि कप्तान बिपिन खत्री ले २ विकेट लिन सफल भएका थिए । खेल को म्यान अफ दि म्याच अबिजित १११ रन को पारी खेलेका आर्मी का कप्तान बिनोद भन्डारी घोषित भए ।

प्रतियोगिता अन्तर्गत भोलि हुने खेल मा एपीएफ र प्रदेश न १ बिच प्रतिस्पर्धा हुने छ । खेल टि यु क्रीकेट ग्राउन्ड मा बिहान ९ बजे सुरु हुने छ ।

5 1 vote
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments