दिल्ली को नया कप्तान मा पन्त नियुक्त

इन्डियन प्रिमियर लिग (आइपिएल) १४ औं संस्करणमा दिल्ली क्यापिटल्सको कप्तानी २३ बर्षिय युबा विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तले गर्ने भएका छन । क्लब का नियमित कप्तान श्रेयस आयर घाइते हुँदै आइपिएल गुमाउने भएपछि दिल्लीले उपकप्तान ऋषभ पन्तलाई कप्तानको जिम्मेवारी दिएको हो । दिल्लीको नया कप्तानको दाबेदारमा पन्तसँगै अष्ट्रेलिया पूर्वकप्तान स्टिभ स्मिथ, भारतीय ब्याट्सम्यान अजिक्या रहाने, शिखर धवन र रविचन्द्रन आश्विन थिए ।

आयर ले सन् २०१८ मा दिल्लीको कप्तानी समालेका थिए । तत्कालीन कप्तान गौतम गम्भिरको लाई हटाउदै दिल्ली ले श्रेयसलाई कप्तानको जिम्मेवारी दिएको थियो । श्रेयस आयर को कप्तानीमा दिल्लीले सन् २०२० मा पहिलो पटक आइपिएलको फाइनलमा स्थान बनाउन सफल भएको थियो । श्रेयसले आफ्नो कप्तानीमा २०१९ मा प्ले अफ सम्म पुर्याएका थिए । पन्त दिल्लीको १३ औं कप्तान हुने छन। १३ औं आइपिएल यहि अप्रिल ९ देखि सुरु हुँदै छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments