ड्रोग्बा का छोरा इटालियन क्लब मा आबद्द
आइभरिकोस्ट तथा चेल्सी का महान फूटबलर डिडियर ड्रोग्बा का छोरा आइज्याक ड्रोग्बा इटाली को चौथो डिभिजन क्लब फोल्गर काराटिज मा आबद्ध भएका छन । यो सिजन चौथो डिभिजन बाट तेस्रो डिभिजन मा बढुवा हुने तयारी मा रहेको फोल्गर ले उनलाई आफ्नो क्लब मा भित्र्याउन सफल भयो । २ बर्ष अघि फ्रेन्च लिग 2 को क्लब गुइनयाम्प छोडेका उनी क्लब बिहिन रहदै आएका थिए । फ्रान्स मा जन्मिएका आइज्याक स्ट्राइकर पोजिसन बाटै फूटबल खेल्छ्न । उमेर ले २० बर्ष पुगिसकेका आइज्याक ले सानो छ्दा चेल्सी को एकेडेमी मा बसेर पनि केही बर्ष फूटबल सिकेका थिए । इटालियन क्लब फोल्गर का अध्यक्ष ले ड्रोग्बा जस्तो महान फूटबलर का छोरा लाई आफ्नो क्लब मा भित्र्याउन पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिएका छ्न । उनका पिता ड्रोग्बा लाई अफ्रिका महादेशको इतिहासकै सबैभन्दा महान खेलाडी मानिन्छ । ११ बर्ष ईंग्लिश क्लब चेल्सी मा बिताएका उनले ४ प्रीमियर लिग तथा १ च्याम्पियन्स लिग उपाधी जितेका थिए ।