राष्ट्रिय क्रिकेटर ललित सिंह भण्डारीको अपरेसन सफल

आइतबार साँझ कंचनपुरमा भएको  मोटरसाइकल दुर्घटनामा घाइते भएका राष्ट्रिय क्रिकेटर ललित सिंह भण्डारीको अपरेसन सफलतापूर्वक सम्पन्न भएको छ। भण्डारीले चलाएको मोटरसाइकललाई मिनीट्रकले ठक्कर दिएको थियो।जसपछि भण्डारीलाई उपचारको लागि काठमाडौँको ग्राण्डी हस्पिटलमा सोमबार ल्याइएको थियो।

क्रिकेट खेलाडी संघ नेपाल ( सीप्यानले ) बिहिबार दिउसो प्रेस विज्ञप्ति जारि गर्दै मेजर अपरेसन सफलतापूर्वक सम्पन्न भएको जानकारी गराएको छ। अपरेसन पछि भण्डारीको अवस्था राम्रो रहेको छ। अपरेसन ग्राण्डी हस्पिटल अस्पतालका डाक्टर चक्र राज पाण्डे र उनको टिमले गरेको थियो।

दुर्घटनामा उनको दायाँ हातमा १ भन्दा बढी तथा दायाँ खुट्टामा समेत फ्र्याक्चर भएको थियो भने। यस्तै कलेजोमा चोट तथा फोक्सोको छेउमा पनि थोरै रगत जमेको थियो। आईसीयुमा ३ दिन निगरानी पछि बल्ल अपरेसन गरिएको थियो। सोमबार काठमाडौँ ल्याइएता पनि उनको शरीरको एसिड बेस असन्तुलित हुँदा तत्काल अपरेसन गरिएको थिएन। भण्डारीको उपचारको लागि सिप्यानले आर्थिक संकलन अभियान संचालन पनि गरिरहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments