मोहम्मद सलाह कोरोनामुक्त

लिभरपुलका स्टार फर्वाड मोहम्मद सलाहको तेस्रो पटकको परिक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएको छ। सलाह कोरोनामुक्त भएसँगै लिभरपुल र योर्गेन क्लोपले राहतको महसुस गरेका छन् ।

सलाह सोमबारदेखि नै लिभरपुलको टिम प्रशिक्षणमा जोडिने प्रशिक्षक क्लोपले बताएका छन् । प्रशिक्षक क्लोपले सलाह च्याम्पियन्स लिगमा बुधबार एटलान्टाविरुद्धको खेलमा उपलब्ध हुने बताएका छन् ।

अन्तर्राष्ट्रिय ड्युटीमा रहँदा आफ्नो भाइको विवाह पार्टीमा रहँदा सलाहलाई १३ नोभेम्वरमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि दोस्रो परिक्षणमा पनि उनमा कोरोना पोजेटिभ नै देखिएको थियो । सलाहको अनुपस्थितिमा पनि लिभरपुलले आइतबार राति लेस्टर सिटीलाई ३–० ले पराजित गरेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments