नेपाल पुलिस द्वारा मेयर्स ११ पराजित

काठमाडौं मा जारी मेयर्स कप क्रिकेट मा नेपाल पुलिस ले तेस्रो जित हात पारेको छ । भर्खरै सम्पन्न खेलमा उसले मेयर्स ११ लाई १०३ रन ले पराजित गर्यो । १९४ रनको बिजयी लक्ष्य लिएर मैदान उत्रिएको मेयर्स ११ ३२ ओभरमा सबै विकेट गुमाउदै ९४ रनमा समेटियो ।

मेयर्स ११ को लागि कप्तान सन्दीप लामिछाने ले २८ रन बनाउनु बाहेक अरुले सम्झन लायक प्रदर्शन गर्न सकेनन । मेयर्स ११ लाई सस्तै मा समेट्न पुलिस का पवन सराफ ले ४ तथा दिपेन्द्र सिंह ऐरी ले ३ विकेट लिए ।

यस अघि टि यु क्रिकेट मैदान मा टस हारेर पहिलो ब्याटिङ गरेको नेपाल पुलिस ले ४७ ओभरमा सबै विकेट गुमाउदै १९७ रन बनाएको थियो । ब्याटिङ तर्फ २८ रन र बलिङ मा ४ विकेट लिने नेपाल पुलिस का पवन सराफ म्यान अफ दि म्याच घोषित भए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments