हल्याण्ड अर्को सिजन ईंग्लिश क्लब चेल्सी आउन सक्ने

चेल्सी फूटबल क्लब का मालिक रोमन अब्रामोभिचले चेल्सीलाई बोरुसिया डर्ट्मुण्डका तथा नर्बे का युबा स्ट्राइकर एर्लिङ हल्याण्ड लाई भित्र्याउन अनुमती दिएका छन । अब्रामोभिच ले २० बर्षिय फरवार्ड हल्याण्ड लाई आफ्नो क्लब मा ल्याउन को लागि चेल्सी को क्लब बोर्ड लाई हरियो बत्ती को संकेत दिइसकेका बताइएको छ । जर्मन पत्रीका बाइल्ड ले जनाए अनुसार चेल्सी हल्याण्ड लाई भित्र्याउन १०० मिलियन युरो तिर्न तयार रहेको छ । यो सिजन डर्ट्मुण्ड को लागि २५ खेल मा २७ गोल गरेका हल्याण्ड लाई भित्र्याउन युरोप का ठुला ठुला क्लब इच्छुक रहेका छ्न । स्पेनिस क्लब रियल म्याड्रीड ,बार्सिलोना तथा ईंग्लिश क्लब म्यान्चेस्टर सिटी र चेल्सी यो दौड मा अगाडि देखिएका छ्न ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments