युक्रेन इतिहासकै पहिलोपटक युरो क्वाटरफाइनलमा

अतिरिक्त समयमा स्विडेन लाई २-१ ले हराउँदै उक्रेन युरो कप को क्वाटरफाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेटमा १-१ को बराबरी भएपछि थपिएको अतिरिक्त समयको अन्तिम मिनेटमा आर्टेम डोबिक ले हेडिङ मार्फत सुन्दर गोल गर्दै इतिहासकै पहिलोपटक उक्रेन लाई युरो को क्वाटरफाइनलमा प्रवेश गराएका हुन । यस अघि ओलेक्जेन्डर जिन्चेन्को को गोलमा उक्रेन ले खेलको २७ औं मिनेटमा अग्रता बनाएको थियो । तर एमिल फोर्स्बर्ग ले स्विडेन को लागि गोल गर्दै खेल एकएक को बराबरी मा ल्याएका थिए । अब क्वाटरफाइनलमा उक्रेन ले इङ्ल्यान्ड को सामना गर्ने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments