एशिया ट्राईयाथलन कपको उपाधी बब र मारगारेटालाई

पोखरामा सम्पन्न २०२३ एशिया कप ट्राईयाथलन कपको उपाधी पुरुष तर्फ लक्जम्बर्गका बब हेलर र महिला तर्फ स्लोभाकियाकी मारगेटा बिकानोभाले हात पारेका छन् । ७५० मिटर पौडी, २० कि.मी. साईक्लिङ्ग र ५ कि.मी. दौड दुरी बबले ५५ मिनट ५५ सेकेन्डमा र मागरगेटाले १ घन्टा ४ मिनट ५१ सेकेन्ड समयका साथ पुरा गर्दै उपाधी जितेका हुन् ।

नेपाल ट्राईयाथलन संघको आयोजनमा भएको २०२३ एशिया ट्राइयाथलन कप तथा दक्षिण एशियन च्याम्पियनसिप अन्तरगत भएको प्रतियोगिताको एशिया कपतर्फ दोश्रो स्थानमा पुरुष तर्फ उज्वेक्सितानका एलेक्जेन्डर कुरिसोभले उक्त दुरी ५५ मिनट ५७ सेकेन्ड र तेश्रो स्थानमा रहेका लक्जम्बर्गका स्टेफान जाकोसले ५६ मिनट ०१ सेकेन्डमा पुरा गरे । चौथो स्थानमा रहेका जापानका क्योतारो याशिकावाले ५६ मिनट ०९ सेकेन्ड र पाँचौ स्थानमा रहेका न्युजिल्याण्डका ओलीभर लारकोम्बेले ५७ मिनट ५८ सेकेन्ड समयका साथ दुरी पुरा गरे ।

महिला तर्फ जापानकी मिनोरी इकेनो र चिसातो नाकाजिमाले दोश्रो र तेश्रो स्थान प्राप्त गरे । मिनोरीले १ घन्टा ५ मिनट १८ सेकेन्डमा र चिसातोले १ घन्टा ५ मिनट ३० सेकेन्डमा दुरी पुरा गरे । चौथो स्थानमा रोमानियाकी एन्तोनेला मानाक र पाँचौ स्थानमा जापानकी युका सातो रहे । मानाकले १ घन्टा ६ मिनट ४ सेकेन्ड र सातोले १ घन्टा ७ मिनट ३७ सेकेन्डमा दुरी पुरा गरे ।

बिश्व ट्राइयाथलन महासंघको नियम बमोजिम घोषित कुल पुरस्कार रासी मध्ये पहिलोले ३० प्रतिशत, दोश्रोले २५ प्रतिशत, तेश्रोले २० प्रतिशत, चौथोले १५ प्रतिशत र पाँचौले १० प्रतिशत रकम प्राप्त गर्नेछ । त्यसै अनुरुप घोषित कुल ४२ सय डलरबाट शिर्ष तीनले ६३० डलर, ५२५ डलर र ४२० डलर प्राप्त गरे । यसका साथै विजयीले मेडल र प्रमाण पत्र प्राप्त गरे । चौथो स्थान प्राप्त खेलाडीले ३१५ डलर र पाँचौ स्थानका खेलाडीले २१० डलर सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।

सोही प्रतियोगिता अन्तरगत भएको दक्षिण एशियन च्याम्पियनसिपमाको ट्राईयाथलन तर्फ भारतका आदर्श मुरलीधरण नायर सिनिमोलले आफ्ना प्रतिद्वन्दिलाई पछि पार्दै उपाधी उचाले । उनले निर्धारित दुरी १ घन्टा ४ मिनट १६ सेकेन्डमा पुरा गरे । यस्तै दोश्रो स्थानमा रहेका भारतकै बिश्वनाथ यादवले १ घन्टा ६ मिनट २५ सेकेन्ड र तेश्रो स्थानमा रहेका नेपालका बशन्त थारुले १ घन्टा ६ मिनट ५२ सेकेन्डमा दुरी पुरा गरे ।

महिला तर्फ पूर्व विजेता भारतकी प्रज्ञा मोहनले १ घन्टा १२ मिनट समयका साथ प्रथम स्थान प्राप्त गर्दा भारतकै मान्सी मोहितेले १ घन्टा १३ मिनट ४६ सेकेन्ड समयका साथ दोश्रो स्थान प्राप्त गरिन् । तेश्रो स्थानमा नेपालकी श्रेवी महर्जनले १ घन्टा १८ मिनटमा दुरी पुरा गरिन् ।

दक्षिण एशियन च्याम्पियनसिप अन्तरगत जुनियर ट्राईथलनमा भारतले एकलौटी पा¥यो । भारतका खुन्द्रकपाम नगन्बा मैतेले निर्धारित दुरी १ घन्टा २ मिनट ४६ सेकेन्ड समयका साथ पुरा गर्दै पहिलो, पार्थ मिराज १ घन्टा ६ मिनट ४२ सेकेन्ड समयका साथ दोश्रो र श्रीदथ सुधिर १ घन्टा १० मिनट २६ सेकेन्ड समयका साथ तेश्रो भए ।

महिला तर्फ भारतकी संजना सुनिल जोशी १ घन्टा १२ मिनट २१ सेकेन्डका साथ पहिलो, नेपालकी श्रेवी महर्जन १ घन्टा १८ मिनटका सथा दोश्रो र भारतकी देवकी शर्मा १ घन्टा २७ मिनट ८ सेकेन्डका साथ तेश्रो भए ।

राष्ट्रिय तर्फ पुरुषमा बशन्त थारु, दिपेश चौधरी र मुकेश चौधरी क्रमश पहिलो, दोश्रो र तेश्रो भए । बशन्तले १ घन्टा, ६ मिनट, ५२ सेकेन्ड, दिपेशले १ घन्टा, ९ मिनट, १७ सेकेन्ड र मुकेशले १ घन्टा १० मिनट ४४ सेकेन्ड समयका साथ दुरी पुरा गरे ।

महिला तर्फ श्रेवी महर्जन प्रथम भईन् । दोश्रो स्थानमा रहेकी केशरी थापा मगरले निर्धारित दुरी १ घन्टा ३२ मिनट ३१ सेकेन्ड समयमा पुरा गरिन् ।

बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी गण्डकी प्रदेश साँसद प्रकास बराल, पूर्व साँसद दीपक कोईराला, नेपाल ओलम्पिक कमिटिका महासचिव एवं संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ, महासचिव युवराज सुनुवार, टेक्निकल डेलिगेट प्रभाकर, पुर्व दक्षिण एशिया च्याम्पियनसिपकी बिजेता एवं भारती प्रशिक्षक पुजा चौरसिया लगायतले पुरस्कार वितण गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments