थ्री नेसन्स लिग को फाइनल आज – नेपाल र बाङ्लादेश भिड्दै

काठमाडौं मा जारी थ्री नेसन्स कप फुटबलको फाइनलमा आज नेपाल र बंगलादेश भिड्दैछन

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने फाइनल खेल नेपाली समय अनुसार साँझ ५:३० बजे सुरु हुनेछ ।
आज दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिने छन । त्यसैले फाइनल खेल निकै रोमान्चक हुने अपेक्षा गरिएको छ ।
प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहदै फाइनल पुगेको हो । बंगलादेश भने शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो ।

यस अघि लिग चरणको भेटमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका थिए । फाइनल खेल अगि भएको प्री म्याच प्रेस कन्फेरेन्स मा बोल्दै दुबै टोलि का मुख्य प्रशिक्षक हरु ले आफ्नो टोलि को मुख्य उदेश्य उपाधी जित्नु रहेको बताएका छ्न ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments