बार्सिलोना को जित मा मेस्सी नायक

कप्तान लिओनल मेस्सीको दुई गोल मद्दतमा बार्सिलोना स्पानिस ला लिगामा एथ्लेटिक विल्वाओलाई पराजित गर्दै तेस्रो स्थानमा उक्लेको छ ।

बिल्बाओ को घरेलु मैदानमा भएको खेलको तेस्रो मिनेटमै इनाकी विलियम्सले गोल गर्दै विल्वाओलाई अग्रता दिलाए तर १४औं मिनेटमा पेड्रीले बार्सिलोनाका लागि बराबरी गोल फर्काए ।

३८औं मिनेटमा मेस्सीले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा २-१ को अग्रता बनायो । ६२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३-१ को अग्रता दिलाए ।

९० औं मिनेटमा इकर मुनिएनले विल्वाओका लागि दोस्रो गोल गरे तर उक्त गोल हार टार्न पर्याप्त भएन । जितपछि १७ खेलबाट ३१ अंक जोड्दै बार्सिलोना लिग तालिका को तेस्रो स्थानमा उक्लेको छ । समान खेलबाट ३६ अंक सहित रियल मड्रिड दोस्रो स्थानमा छ भने दुई खेल कम खेलेको एट्लेटिको मड्रिड शीर्ष स्थानमा छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments