बेल्जियम र इटाली नेसन्स लिग को फाइनल फोर मा

डेनमार्क लाई ४-२ गोल अन्तर ले हराउदै बेल्जियम नेसन्स लिग को अन्तिम चार मा प्रवेश गरेको छ।बेल्जियम को जित मा रोमेलु लुकाकु ले २ गोल गरे भने योरि टेलेमन्स र केभिन डि ब्रुने ले १/१ गोल गरे।

यस्तै बोसनिया एन्ड हर्जगोभिना लाई २-० गोल अन्तर ले हराउदै इटाली पनि फाइनल फोर मा प्रबेश गर्यो । इटाली को जित मा बेलोटी ले बेराडी ले १/१ गोल गरे।
फ्रान्स र स्पेन भने यसअघी नै नेसन्स लिग को फाइनल फोर मा प्रबेश गरि सकेका छ्न ।

नेसन्स लिग अन्तर्गत आज राती नै सम्पन्न अन्य खेल मा इङ्ल्याण्ड र नेदरल्यान्डस ले पनि आ- आफ्नो खेल मा जित हात पारेका छ्न।

इङ्ल्याण्ड ले आइस्ल्याण्ड लाई ४-० हराउदा नेदरल्यान्डस ले पोल्यान्ड लाई २-१ ले हरायो ।
आज राती सम्पन्न विभिन्न खेल हरु संगै २०२० को लागि सम्पुर्ण अन्तर्राष्ट्रिय खेल खेल्ने तालिका सकिएको छ। अब आउने शनिबार देखि फेरि क्लब फूटबल सुरु हुने छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments