बैंगलोरको जितमा डि भिल्लियर्स नायक
एबीडि भिल्लिलर्सको सनदार उत्कृष्ट प्रदर्शनको मद्दतमा रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग(आईपिएल) मा कोलकाता नाइट राइडर्सलाई ८२ रनले हराउदै पाँचौं जित निकालेको छ।

सोमबार सरजाह क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गर्न उत्रिएको बैंगलोरले पूरा २० ओभर खेल्दै २ विकेट गुमाएर १९४ रन बनाएको थियो। बैंगलोरको लागि ओपनर आरोन फिंन्चले ४७ रन बनाए। उनले ३७ रनमा ४ चौका र १ छक्का प्रहार गरे। त्यसपछि ब्याटिङ गर्न आएका डि भिल्लियर्सले बिस्पोटक ब्याटिङ गर्दै ७३ रन बनाए।

उनले ३३ बलमा ६ छक्का र ५ चौका प्रहार गरे। कप्तान विराट कोहली २८ बलमा ३३ रन जोड्दै नट आउट रहे। कोलकाताको लागि प्रसिद्ध कृष्णले ४ ओभर बलिङ गर्दै ४२ रन दिएर १ विकेट लिए।

आन्द्रे रसेलले ४ ओभरमा ५१ रन दिएर १ विकेट लिए। १९५ रनको विजयी लक्ष्य पछ्याएको कलकताले २० ओभरमा ९ विकेट गुमाएर ११२ रन मात्र बनाउन सक्यो। कोलकाताको लागि ओपनर शुभ्मन गिलले ३४ रन जोडे।

आन्द्रे रसेल १० बलमा १६ रन बनाएर आउट भए। उनले २ चौका र १ छक्का प्रहार गरे। राहुल त्रिपाठी १६ रन बनाएर सिराजको बलमा आउट भए। त्यसपछि ब्याटिङ गर्न आएका कुनैपनी ब्याट्सम्यानले दोहोरो अङ्क बनाउन सकेनन्।

बैंगलोरको लागि क्रिस मोरिसले ४ ओभर बलिङ गर्दै १७ रन दिएर २ विकेट लिए। वासिङ्टन सुन्दरले ४ ओभरमा २० रन दिएर २ विकेट लिदा नवदिप सैनी, मोहमद सिराज, युज्वेन्द्र चहाल, इर्सु उडानाले १-१ विकेट लिए।
