त्रिकोणात्मक टि ट्वान्टी सिरिज को लागि नेपाली टोली को घोषणा
आगामी बैशाख ४ देखि काठमाडौं मा हुने ट्राइ नेसन सिरिज को लागि नेपाल क्रिकेट संघ क्यान के २० सदस्य टोली घोषणा गरेको छ । आज भर्खरै घोषणा गरेको टिम मा धेरै जस्तो पुरानै खेलाडीलाई निरन्तरता दिइएको छ ।
नेपालले टियु क्रिकेट मैदानमा मलेसिया र नेदरल्यान्ड्सबीच वैशाख ४ देखि ११ सम्म टियु क्रिकेट मैदानमा टि ट्वान्टी खेल खेल्ने छ ।
डबल राउन्ड रोबिन लिगको आधारमा शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् । क्यानले चैत २४ गते देखि बन्द प्रशिक्षण सुरु हुने बताएको छ । अघिकाम्स खेलाडी भने यस अघि नै टियु मैदानमा अभ्यास गरि रहेका छन् ।
केही दिन को बन्द प्रशिक्षणपछि क्यान ले अन्तिम १४ सदस्य टोली घोषणा गर्ने छ । टोलीमा अनुभवी खेलाडी शरद भेषावकर र स्पिनर बसन्त रेग्मी भने अटाएका छैनन ।
आज घोषणा गरिएको टिम
ज्ञानेन्द्र मल्ल, पारस खड्का, दीपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहोरा, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, सुशन भारी, साहब आलम, सन्दीप जोरा, विक्रम शोब, पवन सर्राफ र ललित नारायण राजवंशी