बार्सिलोना र रियल म्याड्रीड बीचको “एल क्लासिको”आज
क्लब फूटबल जगत कै सबैभन्दा ठुलो मानिने यो सिजन को पहिलो एल क्लासिको अर्थात रियल म्याड्रीड र बार्सिलोना बिच को खेल आज हुँदै छ।
दुई स्पेनिस महारथी क्लब बिच हुने फूटबल खेल निकै महत्त्वपूर्ण मान्ने गरिन्छ र यो खेल विश्वव्यापी रुपमा धेरै हेरिने खेल मध्ये मा पर्छ सन १९०२ देखि सुरु भएको यो क्लासिको मा अहिले सम्म यी दुई क्लब बिच २२८ वटा प्रतिस्पर्धात्मक खेल भएका छ्न । जसमा रियल म्याड्रीड ले ९१ पटक जित हात पारेको छ भने बार्सिलोना ले ८८ पटक बाजि मारेको छ ।
क्लासिको अन्तर्गत पछिल्ला वर्ष मा बार्सिलोना को पकड राम्रै देखिन्छ।तर फूटबल स्टार कृस्टियानो रोनाल्डो रियल म्याड्रीड छोडेर इटालीयन क्लब युभेन्टस तिर लागे पछि यी दुई क्लब बिच को खेल त्यती रोमान्चक हुन छोडेको छ र दर्शक घटेको अनुमान लागाउन त्यति गाह्रो छैन । खेल नेपाली समय अनुसार साझ पौने ८ बजे सुरु हुने छ।