नेपाल पुलिस क्लब प्रधानमन्त्री कपको सेमीफाइनलमा

समुह चरणको अन्तिम खेलमा प्रदेश-२ लाई पराजित गर्दै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ।समुह ‘बि’ बाट समुह विजेताको रुपमा यस अघिनै ज्ञानेन्द्र मल्ल कप्तानीको बागमती प्रदेश सेमीफाइनल प्रवेश गरेको थियो।

सेमीफाइनलमा अब पुलिसले समुह ‘ए’ को विजेताको तथा बागमतीले समुह ‘ए’ को उपविजेताको सामना गर्नेछ। समुह ‘ए’ बाट एपीएफ र आर्मी बीचको खेल जित्ने टिम विजेता र हार्ने टिम उपविजेताको रुपमा सेमीफाइनल प्रवेश गर्नेछ।

प्रदेश-२ भने सबै ४ वटा खेलमा पराजित हुन पुग्यो।मुलपानी मैदानमा सम्पन्न खेलमा प्रदेश-२ ले दिएको १७० रनको लक्ष्य पुलिसले ६ विकेट गुमाएर ३८ ओभरमा भेटायो। पुलिसको जितमा विकेटकिपर ब्याट्सम्यान अनिल साहले सर्वाधिक अविजित ४७ रन बनाए।

यस्तै कुशल भुर्तेलले ४३, दिपेन्द्र ऐरी र अमित श्रेष्ठले समान १७ रन, सुनिल धमलाले १३ तथा मन्जित श्रेष्ठले अविजित १२ रन योगदान दिए।सुनिल धमला र कुशल भुर्तेलले ४६ रनको ओपनिंग साझेदारी गरेता पनि पुलिसले त्यसपछि नियमित अन्तरलमा विकेट गुमाएको थियो। चौथो नम्बरमा आएका अनिलले एक किनार सम्हाल्दै टिमलाई जितसम्म पुर्याए।

प्रदेश-२ को बलिंगमा बिबेक यादब र कुमार थापाले समान ३ विकेट लिए।यस अघि टस हारेर ब्याटिंग गरेको प्रदेश-२ ले निर्धारित ४७ ओभरमा ९ विकेट गुमाएर १६९ रन बनाएको थियो। पिच भिजेकाले खेल ढिला सुरु हुँदा ४७ ओभरमा घटाइएको थियो।प्रदेश-२ को लागि ओपनर हरिशंकर शाहले सर्वाधिक ५३ रन योगदान दिए जुन क्रममा ८४ बलमा ५ चौका र १ छक्का प्रहार गरे। उनले यस अघि सुदूरपश्चिम बिरुद्धको खेलमा पनि अर्धशतक बनाएका थिए।

हिमांशु दत्ताले १६, आदील अन्सारीले १५ रन, सुरज कुर्मीले १३ रन, रभी सिंह र बिशाल सुश्लिंगए समान १२ रन योगदान दिए।पुलिसको बलिंगमा ललित राजबंशीले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ८ ओभरमा १ मेडन ओभर गर्दै ३७ रन खर्चिए। सागर ढकालले २ तथा पवन सर्राफले १ विकेट लिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments