चेल्सी एफए कप को सेमिफाइनलमा

शेफिल्ड युनाईटेड लाई २-० ले पराजित गर्दै चेल्सी इमिरेट्स एफए कप को सेमिफाइनलमा प्रवेश गरेको छ। चेल्सी को जितमा हाकिम जियाच ले १ गोल गरे भने अर्को गोल सेफिल्ड युनाईटेड ले चेल्सी लाई उपहार स्वरुप दियो । खेलको २४ मिनेटमा शेफिल्ड का ओलिभर नोरुड ले आत्मघाती गोल गरेपछि चेल्सी १-० ले अगाडि भएको थियो । त्यस्तै दोश्रो हाफ को इन्जुरी समयमा हाकिम जियाच ले गोल गर्दै चेल्सी को सेमिफाइनल यात्रा सुनिश्चित गरे । नया प्रशिक्षक थोमस टुचेल आएपछि चेल्सी लगातार १४ खेल मा अपाराजित छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments