पेलेको रेकर्ड तोडे मेसि ले

फूटबल स्टार लिओनल मेसीले बार्सिलोनाका लागि ६४४औं ब्यक्तिगत गोल गर्दै एकै क्लबका लागि सर्वाधिक गोल गर्ने ब्राजिलियन महान खेलाडी पेलेको कीर्तिमान भंग गरेका छन् ।

अघिल्लो खेलमा भ्यालेन्सिया विरुद्ध १ गोल गर्दै पेलेको कीर्तिमान बराबरी गरेका मेसीले गएराती रियल भालाडोलिड विरुद्ध एक गोल गर्दै उक्त कीर्तिमान आफ्नो नाममा बनाएका हुन् ।३३ वर्षीय अर्जेन्टाइन फरवार्ड मेसीले ६५औ मिनेटमा पेड्रीको पासमा गोल गरेका थिए, यो खेल मा बार्सिलोना ३-० गोल अन्तर ले बिजयी भयो ।

जितपछि १४ खेलबाट २४ अंक को साथ मा बार्सिलोना लिग तालिका को पाँचौ स्थानमा यथावत नै छ । शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा बार्सा अझै ८ अंकले पछि छ ।ब्राजिलियन महान खेलाडी पेले ले सान्तोसका लागि १९ सिजन खेल्दै ६४३ गोल गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments