यु.ई.अफ.ए युरो कप २०२० प्रिभ्यु

युरोप को सबैभन्दा ठूलो खेलकुद प्रतियोगीता यू.ई.एफ.ए युरो कप २०२० आज मध्यरात बाट सुरु हुँदै छ । एक वर्ष अगाडि नै सम्पन्न भैसकेको हुनुपर्ने युरो २०२० कोरोना महामारीले गर्दा एक वर्ष पछि सरेको हो ।

यूरोपका विभिन्न १२ देश का विभिन्न शहर मा १ महिना चल्ने प्रतियोगिता मा सबै गरेर ५१ खेल हुने छन । टिम को प्रदर्शन र खेलाडी को क्षमता लाई मुल्यांकन गर्दै हामिले युरो २०२० को उपाधी जित्न सक्ने मुख्य दाबेदार रहेका पाँच राष्ट्र छानेका छौ।

१. फ्रान्स – सन २०१८ को बिश्व कप बिजेता समेत रहेको फ्रान्स युरो कप २०२० को पनि सबैभन्दा बलियो दाबेदार हो । प्राय हरेक पोजिसन मा विश्वकै ख्याती प्राप्त खेलाडीहरु फ्रान्स को राष्ट्रिय टिम संग रहेका छ्न । २०१८ को विश्वकप पछि अहिले केही कमजोर देखिएका भारेन र किम्पेम्बेको हातमा रहने छ फ्रान्स को डिफेन्स । त्यसबाहेक टोट्टेन्हाम तथा फ्रान्स का कप्तान समेत रहेका ह्युगो लोरिस जस्ता उत्कृष्ट गोलकिपर फ्रान्सका बलियो हतियार हुन ।

लेफ्ट ब्याक र राईट ब्याक मा एसि मिलान का थियो हरनानदेज र बायर्न म्युनिख का बेन्जमिन पाभर्ड पनि आफ्नो पोजिसन मा उत्कृस्ट मानिन्छन । फ्रान्सको मिडफिल्ड र फोर्वर्ड यसैपनी उत्कृष्ट रहने गर्छ । भर्खर मात्र चेल्सी बाट च्याम्पियन लिग जितेका कान्ते को साथै टोलिसो र पाउल पोग्बा ले फ्रान्स को मिडफिल्डको कमान्ड सम्हालेछ्न र एमबाप्पे , ग्रीज्म्यान र करिम बेन्जेमा जस्ता बिश्वस्तरिय फोर्वर्डहरुले जुन सुकै देश को डिफेन्सलाइ पनि ध्वस्त पार्न सक्छन ।

फ्रान्सको सबैभन्दा बलियो पक्ष भनेको उसको बेन्च पनि उत्तिकै उत्कृष्ट छ । जस्तो कि कोमेन, डेम्बेले, बेन एड्डर , ओलिभर जिरु , कर्त जुमा जस्ता खेलाडी हरु फ्रान्स को दोश्रो रोजाइ मा रहन्छ्न । यदि फ्रान्स ले युरो २०२० जितेको खण्ड मा उसका मुख्य प्रशिक्षक डिडियर डेचम्प्स खेलाडी र प्रशिक्षक को रुपमा युरो र बिश्वकप जित्ने पहिलो व्यक्ती बन्नेछ्न ।

२. पोर्चुगल : पोर्चुगल युरो २०२० को डिफेन्डिंग चैम्पियन पनि रहेको छ । टिम हेर्दा पोर्चुगल लाइ युरो २०२० को दोश्रो दाबेदारको रुपमा हेर्न सकिन्छ । फ्रान्स को जस्तै पोर्चुगल मा पनि लगभग हरेक पोजीसनमा विश्वकै ख्याती प्राप्त खेलाडीहरु रहेका छन । पाँच पटकका ब्यालोन डे ओर बिजेता समेत रहेका फुटबल सुपरस्टार क्रीस्टियानो रोनाल्डो उसको मुख्य हतियार हुन । उमेर ले ३६ बर्ष लागेपनी रोनाल्डो को फूटबल कला मा कुनै कमि आएको छैन ।

त्यस्तै गरि म्यान्चेस्टर युनाईटेड का ब्रुनो फ़र्नाण्डेज, एट्लएटिको म्याड्रीड का जो फेलीक्स लिभरपुल का डियागो जोटा म्यान्चेस्टर सिटी का बर्नाड़ो शिल्भा तथा सेभिया का आन्ड्रे सिल्भा जस्ता बिश्व कै उत्कृस्ट फर्वाड हरु पोर्चुगल को टिम मा रहेका छ्न भने मिड्फिल्ड मा ईंग्लिश क्लब उल्भस का रुबेन नेभेस को अनुभव निकै काम लाग्ने छ ।

डिफेन्स मा भेट्रान खेलाडी पेपे अहिले पनि उत्तिकै लयमा छन र बिपक्षी लाइ घातक हुन सक्छन । उल्भस बाट ब्याबसायिक फूटबल खेल्ने रुइ प्याट्रीसियो ले पोर्चुगल लो गोल किपर को कमान्ड सम्हाल्ने छन । सन २०१६ मा फ्रान्स लाई हराउँदै पहिलोपटक युरो को उपाधी जितेको पोर्चुगल को मुख्य प्रशिक्षक फर्नान्डो सानटोश रहेका छ्न ।

३) इङ्ल्यान्ड: युरो २०२० को तेश्रो दाबेदार को रुपमा युवा प्रतिभाले भरिएको इङ्ल्यान्डलाई राख्न सकिन्छ । ह्यारी केन , जाडोन सान्चो , मेसन माउन्ट , फिल फोडेन ,साका , रासफोर्ड जस्ता क्लब फूटबल मा निकै नाम चलेका र उत्कृष्ट युबा खेलाडी हरु इङ्ल्यान्ड को फोर्वड लाइनमा रहेका छ्न।

जोर्डन हेन्डर्सन, जाक गेरलिस, डेक्लन राइस जस्ता खेलाडी ले इङ्ल्यान्ड को मिड्फिल्ड को जिमा लिनेछ्न भने डिफेन्समा चेल्सी का रिस जेम्स र म्यान्चेस्टर सिटी का काईल वाकर त्यस्तै बेन चिल्वेल, बेन व्हईट खेल्नेछ्न ।

म्यान्चेस्टर युनाईटेड का डिन हेर्न्डर्सन र एभर्टनका जोर्डन पिकफोर्डले गोल किपर को भुमिका मा पालैपालो रहनेछ्न । सन १९६८ को बिश्वकप पछि अन्तर्राष्ट्रिय फूटबल मा उपाधी बिहिन रहेको इङ्ल्यान्ड को अहिले को युवा टिम इतिहास रच्न सक्ने टिम को रुपमा रहेको छ ।

४) बेल्जियम: बेल्जियम को अहिलेको टिम लाई उसको फूटबल इतिहासकै स्वर्ण टिम को रुपमा हेरिन्छ । बेल्जियम को अहिले को टिम मा युवा र अनुभवी उत्कृस्ट खेलाडीहर रहेका छन । बेल्जियम को टिम म्यान्चेस्टर सिटी का केबिन डि ब्रुने , इन्टर मिलान का रोमिलु लुकाकु र रियल म्याड्रिड का ईडेन हजार्ड जस्ता उत्कृष्ट खेलाडीले भरिपूर्ण छ।

तर ईंग्लिश क्लब चेल्सी छोडेर रियल म्याड्रिड गएपछी ईडेन हजार्डलाइ लगातार इन्जुरीले सताइरहेको छ । त्यसले गर्दा बेल्जियमलाइ ठुलो धक्का लाग्न सक्छ । यदि हजार्ड पनि पुरानो लयमा फर्कने हो भने बेल्जियमले युरो जितेको खण्ड मा अचम्म मान्नु पर्दैन। रोबर्टो मार्टिनेज को नेतृत्व मा रहेको बेल्जियम को टिम मा थिबो कर्तवा जस्ता बिश्वकै उत्कृष्ट गोल किपर पनि रहेका छ्न ।

५) जर्मनी: चार पटक को बिश्वकप बिजेता जर्मनी लाई युरो २०२० को पाचौं दाबेदार को रुपमा हेर्न सकिन्छ । सन २०१८ को बिश्वकप मा समुह चरण बाटै बाहिरिएको जर्मनी ले त्यसपछी उत्कृष्ट फूटबल खेल्दै आएको छ । जर्मनी सधै उत्कृष्ट खेलाडीले भरिएको टिम रहने गर्छ ।

जोचिम लो को नेतृत्व मा रहेको जर्मन टिम अहिले युबा खेलाडी ले भरिएको छ । निकै अनुभबी फोरवार्ड ठोमस मुल्लरले ३ बर्ष पछि राष्ट्रिय टिम मा कम ब्याक गरेका छ्न । त्यस्तै काई हाभर्तस ,टिमो वेर्नेर , इके गुन्डोगन , किम्मिक ,लेरोए साने , रुडिगेर जस्ता उत्कृष्ट खेलाडी हरुले भरिएको जर्मन टिम को गोल पोस्ट लिजेन्ड म्यानुअल नेउर ले सम्हाल्नेछ्न ।

यी ५ बाहेक लगातार २७ वटा अन्तरास्ट्रिय गेममा अपराजित रहेको ईटली , स्पेन , नेदरल्यान्डस् लाई पनि युरो २०२० मा उपाधी को मुख्य दाबेदार को रुपमा हेर्न सकिन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments