प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट को ट्रफी सार्वजनिक

राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट को ट्रफी सार्बजनिक भएको छ। टि यु क्रिकेट ग्राउन्ड मा आयोजित कार्यक्रम मा दुई फाइनलिस्ट त्रिभुवन आर्मी क्लब का कप्तान बिनोद भण्डारी र एपि एफ का कप्तान शरद भेषावकर ले ट्रफी सार्वजनिक गरेका हुन ।

ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै दुबै टिम को कप्तान ले आफ्नो टिम फाइनल को लागि तयार रहेको र उपाधी जित्न आतुर रहेको प्रतिक्रिया दिएका छ्न । यो वर्ष को प्रधानमन्त्री कप को बिजेता ले १० लाख र उपबिजेता ले ५ लाख पाउनेछ्न । फाइनल खेल भोलि बिहान ९ बजे टि यु क्रिकेट ग्राउन्ड किर्तिपुर मा हुने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments