सन्दिप लामिछाने आवद्ध टिम होबर्ट हुरिकेन्सको विजयी सुरुवात

अष्ट्रेलियाको घरेलु टि ट्वान्टी क्रीकेट प्रतियोगिता विग ब्यास लिगमा नेपाल का सन्दिप लामिछाने आवद्ध टिम होबर्ट हुरिकेन्सले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको नयाँ सिजनको बिग ब्यास लिगको उद्घाटन खेलमा होबर्टले सिड्नी सिक्सर्सलाई १६ रनले हरायो ।

घरेलु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको होबर्टले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ७८ रन बनायो । निकै खराव सुरुवात गरेको होबर्टले चार रनमा दुई विकेट गुमाएको थियो ।

उसका लागि चार खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा कोलिन इनग्रामले ५५ रन बनाए भने कप्तान पिटर ह्याण्डकोम्बले २४ रन जोडे । यस्तै टिम डेविडले ५८ रन बनाउँदा नाथन इलिसले १४ रन बनाए । बाँकी खेलाडीले दोस्रो अंक छुन सकेनन् ।

बलिङमा सिड्नी सिक्सर्सका डेनियल क्रिस्टियन र बेन डोरस्विसले तीन तीन विकेट लिए । जवाफि ब्याटिङ मा सिड्नी सिक्सर्सले २० ओभरमा ६ विकेट गुमाउँदा एक सय ६२ रन मात्र बनायो । उसले सुरुवात राम्रो नगरेपनि दोस्रो विकेटका लागि ज्याक इडवार्ड र जेम्स भिन्सले शतकीय साझेदारी गरेका थिए ।

जसमा इडवार्डले ४७ रन बनाए भने भिन्सले ६७ रनको पारी खेले । उनले ४१ बलमा आठ चौका र दुई छक्का प्रहार गरे । तर त्यसपछि अरु खेलाडी विच राम्रो साझेदारी हुन नसक्दा टिमले हार्न पुग्यो। उसका लागि जोर्डन सिल्कले १३ र डेनियल क्रिस्टियनले १० रन बनाउँद बाँकी खेलाडीले दोहोरो रन बनाएनन खेल को म्यान अफदि म्याच होबार्ट का टिम डेभिड घोषित भए

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments