म्यान्चेस्टर युनाईटेड बराबरी मा रोकियो

इङलिस प्रीमियर लिग मा म्यान्चेस्टर युनाईटेड र लेस्टर सिटी बिच को खेल बराबरी मा सकिएको छ।

लेस्टर सिटी को घरेलु मैदानमा किङ पावर स्टेडियम मा भएको खेल २-२ को बराबरी मा रोकिएको हो। खेल को २३ मिनेटमा मार्कोस रास्फोर्ड को गोल बाट अग्रता बनाएको युनाईटेड ले ३१ औ मिनेटमा गोल खायो ।

लेस्टर सिटी को लागि हार्भे बार्न्स ले गोल फर्काए त्यसपछी खेल को ७९ मिनेटमा ब्रुनो फर्नान्डेज ले गोल गर्दै २-१ को स्थिति मा पुर्याउन सफल भए। तर ८५ मिनेटमा म्यान्चेस्टर युनाईटेड को खेलाडी एक्सेल टौन्जेबे ले आत्मघाती गोल गरेपछि खेल २-२ को बराबरी मा पुग्यो त्यसपछि खेल मा कुनै गोल हुन नसक्दा दुबै टोलि ले १/१ अङ्क बाडे ।

यो खेल पछि म्यान्चेस्टर युनाईटेड १४ खेल बाट २७ अङ्क को साथ लिग तालिका को तेस्रो स्थान मा रहेको छ भने समान खेल बाट लेस्टर सिटी २८ अङ्क को साथ मा तालिका को दोश्रो स्थान मा रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments