चेल्सी बराबरी मा रोकियो

इंग्लिस प्रिमियर लिगमा चेल्सी र एस्टन भिल्लाले बराबरी खेलेका छन्। सोमबार राति भएको खेल १-१ गोलको बराबरीमा सकिएको हो। चेल्सी को घरेलु मैदान मा भएको खेलमा अग्रता चेल्सीले ३४ मिनेटमा ओलिभर जिरुडको गोलबाट लियो।पहिलो हाफमा १-० गोलले पछि परेको भिल्लाका लागि ५० मिनेटमा अनवर एल घाजीले बराबरी गोल फर्काए।

त्यस पछि दुबै टोलि ले गोल गर्ने केही राम्रा अबसर पाए पनि सदुपयोग गर्न नसक्दा अङ्क बाढ्न बाध्य भए । यो खेल पछि चेल्सी १६ खेल बाट २६ पोइन्ट को साथ मा लिग तालिका को छैटौं स्थान मा रहेको छ भने चेल्सी भन्दा २ खेल कम खेलेको भिल्ला २६ पोइन्ट को साथ लिग तालिका को पाँचौ स्थान मा रहेको छ ।

डिसेम्बर पछि खराब लय बाट गुज्रिरहेको चेल्सी ले पछिल्लो पाच खेल बाट मात्र चार पोइन्ट मात्र जोड्न सकेको छ यसले चेल्सी का मुख्य प्रशिक्षक फ्रेन्क लाम्पार्ड लाई झन दबाब सिर्जना गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments