व्यवसायिक खेल जिवनको उडान भर्दै चेल्सीका रिस जेम्स

इङ्ल्यान्ड तथा चेल्सी फूटबल क्लब का युवा खेलाडी हुन रिस जेम्स। बेलायत को रेडब्रीज भन्ने शहर मा सन १९९९ डिसेम्बर ८ का दिन जन्मिएका रिस जेम्स उमेर ले भर्खर २१ वर्ष मात्र लागे तर उनको शारीरिक बनावट हेर्दा लाग्छ उनी ब्याबसायिक फूटबल खेल्न थालेको थुप्रै बर्ष भयो । शारीरिक रुपमा उनी निकै बलिया र फ़ुर्तिला छ्न र उत्तिकै फिट पनि,र मैदान मा उनको स्टामिना पनि गज्जब को देख्न पाइन्छ ।

विशेष गरि राइट ब्याक पोजिसन बाट खेल्ने रिस को व्यव्सायिक यात्रा सुरु भएको धेरै भएको छैन । तर उनको चर्चा भने दिन दुइ गुणा रात चौगुना को दर ले बढ्दै गइरहेको छ डिफेन्डर पोजिसन बाट खेल्ने भए पनि आजकल जेम्स लाई भविष्यको ठूलो फूटबल स्टार को रुपमा हेर्न थालीएको छ ।

युरोप का ठुला ठुला फूटबल पन्डित हरुले पनि भन्न थालेका छ्न कि रिस जेम्स ले निकट भविष्यमा इङ्ल्याण्ड फूटबल टिम को नेतृत्व सम्हाल्ने छ्न ।२५ सेप्टेम्बर २०१९ मा चेल्सी फूटबल क्लब को सिनियर टोलि मा डेब्यु गरेका रिस जेम्स चेल्सी का मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्ड ले गरेको विश्वास मा खरो रुपमा उत्रिन सफल भएका छ्न।

त्यसैले त २१ वर्ष को उमेर मै उनी चेल्सी फूटबल क्लब का मुख्य खेलाडी को रुपमा स्थापित भइसकेको अवस्था छ । अचम्म को कुरा त के छ भने उनले यो सिजन को सुरुबात बाट नै चेल्सी का कप्तान तथा सिनियर खेलाडी सिजर एजपिलेक्वेटा लाई नै बेन्चमा बस्न बाध्य बनाएका छ्न । केही महीना अघि मात्र इङ्ल्यान्ड को रास्ट्रीय टोलि बाट पनि डेब्यु गरेका रिस चेल्सी फूटबल क्लब का एकेडेमी उत्पादन हुन । उनी ६ बर्ष को हुदा देखि चेल्सी को एकेडेमी मा भर्ना भएका थिए उनको ब्याबसायिक खेल जीवन जसरी उकालो लाग्ने क्रम मा छ । त्यो निक्कै स्वर्णिम छ तर उनको बाल्यकाल भने निकै उतारचढाव युक्त रहेको थियो ।

उनको बाल्यकाल देखि लिएर अहिले सम्म का घटना हरु समेटिएको विभिन्न रोचक तथ्य हरु तल उल्लेख छ रिस जेम्स को बारेमा केही रोचक जानकारी हरु :

१) उनको जन्म सन १९९९ डिसेम्बर ८ को दिन इङ्ल्यान्ड को रेड ब्रीज भन्ने शहर मा भएको हो ।
२) उनको बाबुको नाम निजेल जेम्स हो र उनी पनि कुनै बेला का व्यावसायिक फूटबल खेलाडी र कोच थिए ।
३) अहिलेसम्म रिस जेम्स को वास्तविक आमा को हो भन्ने कुरा खुल्न सकेको छैन ( उनी अबैध गर्व बाट जन्मेको सन्तान हुन र उनी बालबालिका स्याहार केन्द्र मा हुर्केको थिए )
४) रिस जेम्स ६ बर्ष को उमेर देखि चेल्सी एकेडेमी मा भर्ना भएका थिए।
५) रिस जेम्स , म्यासोन माउन्ट , ट्रेभो चालोबा, ज्याकोभ म्याडोक्स एकै दिन चेल्सी एकेडेमी मा भर्ना भएका थिए।
६) रिस जेम्स को आफ्नै बैनी लौरेन जेम्स अहिले म्यान्चेस्टर युनाईटेड बाट ब्याबसायिक फूटबल खेल्छिन ।
७) रिस जेम्स को नाम क्रीस्चियन धर्म अनुसार भएको भए नि उनले कुनै पनि धर्म मान्दैनन ।
८) रिस जेम्स ले अहिले सम्म चुरोट र रक्सी खाएका छैनन ।
९) रिस जेम्स ले सुरुमा गोल किपर पोजिसन बाट फूटबल खेल्न सुरु गरेका थिए स्रोत : विभिन्न एजेन्सी हरुको सहयोग मा

5 2 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments