पन्जाब का कप्तान राहुल अस्पताल भर्ना

इन्डियन प्रिमियर लिग (आइपिएल) मा पन्जाब किंग्सका कप्तान तथा भारतीय क्रिकेट टोलीका ओपनर लोकेश राहुल अस्पताल भर्ना भएका छन् । शनिवार राती पेटमा अत्याधिक दुखाईको कारण राहुललाई अस्पताल लगिएको थियो ।
राहुललाई एपेन्डिसाइटिस भएको पन्जाब किंग्सले आफ्नो टुइट मार्फत जनाएको छ । उनको उपचार शल्यक्रियामार्फत हुने बताइएको छ । यो सँगै राहुल ले बाँकी आइपिएल को खेलहरु गुमाउने सम्भावना धेरै छ । पन्जाबले आज साँझ नै दिल्ली क्यापिटलससँग खेल्ने छ । राहुल नहुँदा पन्जाबलाई ठूलो झट्का लाग्ने निश्चिति छ साथै पन्जाब ले नया कप्तान पनि खोज्नु पर्ने हुन सक्छ । राहुल यस सिजनमा पनि उत्कृष्ट लयमा देखिएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments