पहिलो लेग मा म्यान्चेस्टर सिटी को जित

च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलको पहिलो लेगमा ईंग्लिश क्लब म्यान्चेष्टर सिटीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)पराजित गरेको छ ।

बुधबार राति भएको खेलमा प्रिमियर लिग क्लब सिटीले पीएसजीलाई २–१ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा फ्रान्सेली क्लब पीएसजीले मार्कुन्हाेसको गोलमा अग्रता लिएको थियो । एन्जल डी मारियाको पासलाई सदुपयोग गर्दै मार्कुन्हाेसले हेड गोलमार्फत पीएसजीलाई खेलको १५ औं मिनेटमा अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा केभिन डी ब्रुईनको गोलबाट सिटी खेलमा फर्किएको थियो । खेलको ६४ औं मिनेटमा ब्रुईनले पाहुना टोलीका लागि बराबरी गोल फर्काएका थिए । त्यसको ७ मिनेटपछि रियाद महरेजले गोल गर्दै सिटीलाई जित दिलाए । डिबक्स बाहिर प्राप्त फ्रिकिकमा उनले सुन्दर गोल गरेका हुन् ।

खेलको ७७ औं मिनेटमा पीएसजीका गना गयुये रातो कार्ड खादै मैदान बाहिरिएपछि पिएसजी १० खेलाडी मा सिमित भएको थियो ।

पहिलो लेगमा प्राप्त जितसंगै सिटी को फाइनल यात्रा सहज बनेको छ भने उता घरेलु मैदानमा पहिलो लेगमै पराजित बनेपछि पीएसजीलाई दोस्रो लेगमा थप दबाब बढ्नेछ । दोश्रो लेग सिटी को घरेलुु मैदान मा हुने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments